05th August 2020

नायक आर्यन सिग्देल लाई  जन्म दिनको शुभकामना ।

श्रावण,२१,२०७७ । नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन परेको छ । चलचित्र मेरो एउटा साथी छ, कस्ले चोर्यो मेरो मन, महशुस, के यो माया हो, मधुमास, कोही मेरो, सपना,क्लासिक, मेरो लभ स्टोरी, लज्जा लगाएतका चलचित्रहरुमा अभिनय गरेका नायक आर्यन लाई नेपाली दर्शक हरुले लभ स्टोरी जनराका चलचित्रमा निकै रुचाइएको छ । पछिल्लो समय चलचित्र ‘हजार जुनीसम्म’ र ‘च च हुई’  र कायरामा देखिएका नायक आर्यन यती बेला निर्देशक विशाल सापकोटाको निर्देशनमा निर्माण हुन लागेको एक नयाँ चलचित्रको लागी तयारी गरिरहेका छन । गतवर्ष चलचित्र ‘हजार जुनीसम्म’ र ‘च च हुई’ कायरामा देखिएका आर्यनका यी चलचित्र हरुले उनका अघिल्ला चलचित्रहरुले झै ब्यवसायिक सफलता भने पाउन असफल भएको थियो । यसै क्रममा उनै नायक आर्यन नयाँ चलचित्रको तयारीमा जुटेका हुन । बलिवूड को सफल चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा एक साथ काम गर्न लागेको चर्चा चलिरहँदा नायक आर्यन र निर्देशक बिशालले उक्त चलचित्रमा सहकार्य गर्न लागेका हुन् । जुन चलचित्रको स्क्रिप्ट निर्देशक बिशाल सापकोटा स्वयंले लेखिरहेको पनि बताइएको छ । साथै पोखरामा रहेका आर्यन र विशाल यती बेला उक्त चलचित्रको छयाँकनको लागी लोकशन हेर्न पोखरामा रहेको पनि बताइएको छ ।कोरोनाको महामारीका कारण अहिले ठूलो लगानीमा चलचित्र बनाउने वातावरण नभएका कारण उत चलचित्र सानो लगानीमा राम्रो चलचित्र बनाउने तयारीमा आफु हरु रहेको पनि निर्देशक बिशाल ले बताएका छन । चलचित्रका लागी लागि अहिलेसम्म आर्यन मात्र फाइनल भएको र बाँकी कलाकार चाँडै छनौट गर्ने पनि उनले बताएका छन ।   यसै क्रममा वास्तविक जन्मदिन साउन २१ गते रहेको नायक नायक आर्यन सिग्देलले  तिथीका हिसाबले केही दिन अगाडि आफ्नो जन्मदिन मनाइसकेका छन् । त्यस्तै निर्देशक विशाल सापकोटासँग पोखरामा रहेका आर्यनले निर्देशक विशाल र आफु विच चलचित्रमा काम गर्ने कुरा भैरहेको तर, कहिलेबाट सुरु गर्ने भन्ने बिषयमा कुनै टुंगोमा नपुगिएको बताएका छन । साथै उनले आफु हरु चलचित्रको छायाकन का लागी लोकेशन हेर्न नै भनेर पोखरा नआएको जन्मदिन सेलिव्रेशन पनि गर्न हुन्छ, घुम्न पनि हुन्छ भनेर आएको पनि बताएका छन्।नेपाली चलचित्रको बजारमा आफ्नो अभिनय कलाले एउटा छुट्टै पहिचान बनाउनसफल भएका उनै नायक आर्यन सिग्देल लाई  जन्म दिनको शुभकामना ।