05th August 2020

एक साथ दुइ चलचित्रको निर्माण घोषणा गरेका निर्देशक दीपेन्द्र के खनालले चलचित्र चिसो मान्छेको छायांकन घाममा नगर्ने ।

श्रावण,२१,२०७७ ।एक साथ दुइ चलचित्रको निर्माण घोषणा गरेका निर्देशक दीपेन्द्र के खनालले आफुले घोषणा गरेका दुइ चलचित्रमा एक चलचित्रको छायांकन घाम लागेको बेलामा नगर्ने बताएका छन । चलचित्र ‘आमा’ को ब्यवसायिका सफलता पाछी निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्र ‘चिसो मान्छे र लकडाउन’ मा चलचित्र चिसो मान्छे को छायांकन घाममा नगर्ने बताएका हुन ।सरकारले छायांकनको अनुमती दिएपछि चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु गर्ने तयारीमा रहेका निर्देशक खनालले  ‘चिसो मान्छे’लाई घाममा नखिच्ने बताउनुका साथ । दर्शकले चलचित्र हेर्ने वित्तिकै यो कस्तो टोनको चलचित्र हो भनेर वुझ्नुपर्छ । पछिल्लो समय आफुले दृश्यभाषामा बढी ध्यान दिइरहेको बताएका उनले चलचित्रको नाम नै चिसो मान्छे भएकाले यसलाई घमाइलो मौसममा खिच्दा कथा मर्न जाने पनि बताएका छन । ‘चिसो मान्छे’ले मानिसहरुको काम गर्ने शैली र प्रवृत्तीका कारण समाज कसरी चिसो भैरहेको छ भन्ने कथा बाचन गर्ने बताएका निर्देशक दीपेन्द्रले चलचित्र ‘सस्तोमा बनाउने भनेर आवश्यक कुरा नै नदेखाउने भन्ने हुँदैन । कलाकार, प्राविधिकदेखि उपकरण व्यवसायीहरुले आफू रेट कम गर्नुपरयो । तर, चलचित्र निर्माणमा संझौता गर्न भने हुँदैन पनि बताएका छन्। चलचित्र आमाकी निर्मात्री शर्मिला पाण्डेको निर्माण मा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ लाई निर्द्शन गर्ने तयारीमा रहेका निर्देशक दीपेन्द्रले बिषम परिस्थितीपछि चलचित्र निर्माण हुन लागेकाले पनि, चलचित्रसँग जोडिने मानिसहरुले पारिश्रमिक कम गरिदिए निर्मातालाई राहत पुग्न जाने तर, सस्तो बनाउने भनेर चल्ने चित्र मात्र बनाएर निर्माता झन घाटामा जाने पनि बताएका छन ।