26th May 2019

चलचित्र ‘झट्का’ को पहिलो गीत सार्वजनिक ।

जेठ,१२,२०७६ ।चलचित्र ‘झट्का’ को पहिलो गीत लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको छ ।उक्त चलचित्रको मिर्माण टिमले जेठ ३१ गतेलाई प्रदशनी मिती तय गर्दै चलचित्रमा समाबेश गीत माया बस्यो रेडिमेड’ बोलको गीतको भिडियो लाई सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको गीत मा  मनिष रेश र सहिमा श्रेष्ठले गायन,दिनेश सुवेदीको शब्द,पुरुषोत्तम न्यौपानेको संगीत र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । साथै उक्त गीतको भिडियोमा टेली चलचित्र मेरी बास्सैमा दारी बा को नामले परिचित चर्चित हास्य कलाकार सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठको नृत्य लाई समेटिएको छ । भिडियोमा कलाकार सुरविर पण्डित (दाह्री बा),लाई भिन्न लुक्स र गेटअपमा देख्न सकिन्छ । साथै सार्वजनिक गरिएको गीतको भिडियो लाई हेर्दा कलाकार सुरविरको उक्त चलचित्रमा नेगेटिभ रोल रहेको संकेत गर्दछ । यसको साथै कलाकार सुरबिरको भिन्न लुक्सले नेपाली चलचित्र प्रेमी दर्शकको चलचित्र प्रति कौतुहलता बढाउने पनि अनुमान लगाउन सकिन्छ। रमेश बिसुङ्खेको निर्देशनमा निर्मित उक्त चलचित्रमा कथा पनि निर्देशक रमेश बिसुङ्खेको रहेको छ्।काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको चलचित्रले कलाकर सुरविरलाई अन्य चलचित्रमा भन्दा पृथक भूमिकामा प्रस्तुत गरिएको चलचित्रका निर्देशक  निर्देशक रमेश बिसुङ्खेले बताएका छन । तुलसीलाल नेवा निर्माता र शेखर बिसुङ्खे कार्यकारी निर्माता रहेको चलचित्रमा जीवन पराजुलीको छायाकन्,निर्देशक बिसुङ्खेको सम्पादन रहेको छ ।चलचित्रमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्ले लगाएत कलाकार हरुको अभिनय रहेको छ ।