04th August 2020

नयाँ चलचित्रको तयारीमा आर्यन।

श्रावण,२०,२०७७ ।नेपाली चलचित्रका चकलेटी नायक हुन आर्यन सिग्देल ।लभ स्टोरी जनराका चलचित्रमा निकै रुचाइएका यि नायक लाई अब निर्देशक विशाल सापकोटाको निर्देशनमा निर्माण हुन लागेको एक नयाँ चलचित्रमा देख्न पाइने भएको छ । निर्देशक विशालले पछिल्लो समय ‘सेल्फी किङ्ग’ को निर्देशन गरेका थिए । भने आर्यन अभिनित गतवर्ष चलचित्र ‘हजार जुनीसम्म’ र ‘च च हुई’ , कायरा प्रदशनमा आएको थियो । तर, आर्यन अभिनित यी दुवै चलचित्रले ब्यवसायिक सफलता बटुल्न भने असफल भएको थियो । यसै क्रममा उनै नायक आर्यन नयाँ चलचित्रको तयारीमा जुटेका हुन । बलिवूडको सफल चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा एक साथ काम गर्न लागेको चर्चा चलिरहँदा नायक आर्यन र निर्देशक बिशालले उक्त चलचित्रमा सहकार्य गर्न लागेका हुन् । जुन चलचित्रको स्क्रिप्ट निर्देशक बिशाल सापकोटा स्वयंले लेखिरहेको पनि बताइएको छ । साथै पोखरामा रहेका आर्यन र विशाल यती बेला उक्त चलचित्रको छयाँकनको लागी लोकशन हेर्न पोखरामा रहेको पनि बताइएको छ ।कोरोनाको महामारीका कारण अहिले ठूलो लगानीमा चलचित्र बनाउने वातावरण नभएका कारण उत चलचित्र सानो लगानीमा राम्रो चलचित्र बनाउने तयारीमा आफु हरु रहेको पनि निर्देशक बिशाल ले बताएका छन । चलचित्रका लागी लागि अहिलेसम्म आर्यन मात्र फाइनल भएको र बाँकी कलाकार चाँडै छनौट गर्ने पनि उनले बताएका छन ।