03rd August 2020

कोरोना भन्दा अगाडी नै दर्शक हलसम्म जान छाडेका थिए : अभिनेता निखिल उप्रेती ।

श्रावण,१९,२०७७ । नेपाली कथानक चलचित्र पिंजडा बाट अभिनय यात्रा शुरु गरी छोटो समय मै एक्सन नायकको छवी बनाउन सफल भएका अभिनेता हुन अभिनेता निखिल उप्रेती । डेब्यु चलचित्र पिंजडामा सात तला माथी बाट हाम फालेर वाहवाही बटुलेका अभिनेता निखिलले पहिलो चलचित्र बाट नै नेपाली दर्शक हरुको मन जित्न सफल भएका थिए ।चलचित्र पिंजडा बाट अभिनय यात्रा शुरु गरि चलचित्र हामी तिन भाइ, धड्कन, अग्नीज्वाला, कुरुक्षेत्र, क्रोध, राम बलराम, बिजयपथ लगाएतका दर्जनौ चलचित्रहरुमा अभिनय गरी नेपाली चलचित्रका दर्शक हरुको मनमा राज गर्न सफल भएका नायक निखिल उप्रेती लाई नेपाली चलचित्रको क्षेत्रमा एक छुट्टै किसिमको एक्सन भित्राउने नायकको रुपमा पनि लिइने गरिन्छ ।

यसै क्रममा नेपाली चलचित्रमा एक्सन नायकको छवी बनाउदै आफ्नो पकड जमाइ रहेको समयमा नायिका सञ्चिता लुइटेल सँग दोस्रो बिवाह गरे पछी उनि लामो समय सम्म नेपाली चलचित्रको काँचको पर्दा बाट टाढा रहदै आएका थिए । तर नेपाली चलचित्रमा एक समय एक क्षत्र राज गर्न सफल भएका उनै अभिनेता निखिलले लामो समयको अन्तराल पछी चलचित्र भैरव बाट आफ्नो अभिनय यात्रा पुन शुरु गरेका थिए ।जुन उनको कम ब्याकको रुपमा लिइएको चलचित्र भैरव लाई दर्शक हरुले साथ पनि दिएका थिए । तर नायक निखिलले त्यस पछी अभिनय गरेका चलचित्रहरु राधे, किङ, पिंजडा ब्याक अगेन,रुद्र लगाएतका चलचित्रहरुले भने दर्शक रिझाउन भने असफल भएका थियो । यसै क्रममा पछिल्लो समय चलचित्र क्षेत्रमा संलग्न रहदै आए पनि सोचे अनुरुप चर्चा पाउन असफल भएका अभिनेता निखिल उप्रेतीले बिगत ४ महिना देखी कोरोना भाइरसका कारण शुन्यको अवस्थामा रहेको नेपाली चलचित्रको बजारमा कोरोना भन्दा अगाडी नै दर्शक हलसम्म जान छोडेको बताएका छन । 

अभिनेता निखिलले एक मिडिया सँग कुरा गर्ने क्रममा उनले विश्वमा नै अहिले लकडाउनको अवस्था रहेको छ । जस्ले गर्दा चलचित्र क्षेत्र लाई कस्तो असर गर्ला भन्ने बहश पनि चलिरहेको छ । तर आफु कोरोना लाई नेपाली चलचित्र  क्षेत्रसँग जोड्न चाहन्न किन कि कोरोनाको त्रास आउनु अगाडी नै नेपाली चलचित्र उद्योग लाई असर परिसकेको थियो । दर्शकहरु चलचित्र हेर्न सिनेमा हल सम्म जान कम गरिसकेको अवस्था रहेको बताएका छन । त्यसै गरी उनले लकडाउन हुदाँ कलाकारले चर्चामा रहनको लागि उठाउनै नपर्ने मुद्धा उठाइरहेको, नाम होस् या बदनाम होस्, सधैंभरी चर्चामा रहिरहनु पर्छ भन्ने सुत्रलाई हाम्रो चलचित्र उद्योगले प्रयोग गरिरहेको पनि बताएका  छन । जुन कुरा निकै लज्जास्पद कुरा भएको पनि उनले बताएका छन । साथै उनले ‘आजकल अनुभवको भ्यालु नभएको पनि बताएका छन ।