02nd August 2020

म्युजिक भिडियोमा एक साथ देखिदै नायक पल शाह र नायिका पुजा शर्मा ।

श्रावण,१८,२०७७ ।निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र म यस्तो गीत गाउँछु का चर्चित जोडी हुन नायिका पुजा शर्मा र नायल पल शाह । चलचित्र म यस्तो गीत गाउँछु मा अभिनय गरे पछि नेपाली चलचित्रका दर्शकहरुको पहिलो रोजाईमा पर्न सफल भैरहेका यि जोडी अभिनित चलचित्र म यस्तो गीत गाउँछु को सिक्वेल चलचित्र म यस्तो गीत गाउँछु २ प्रदशनको पर्खाईमा रहेको छ । जुन चलचित्रको प्रदशन कोरोनाको कारण अनिश्चितकालको लागी स्थगित भएको छ ।यसै क्रममा चलचित्रको काँचको पर्दामा निकै रुचाइएका यो जोडीलाई अब दर्शकहरुले एक म्यूजिक भिडियोमा एक साथ देख्न पाउने भएका छन । प्रमोद खरेलको आवाजमा तयार भएको उक्त गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्मा लाई लकडाउन पछी पहिलो पटक एक साथ टेलिभिजनको पर्दामा देखिन पाइने भएको हो ।जुन गीत को भिडियोको छायाँकन काठमाण्डौको पाँच तारे होटल याक एन्ड यतीमा पनि गरिएको छ ।