31st July 2020

चलचित्र ''चिसो मान्छे'' र ''लकडाउन'' को तयारीमा निर्देशक दीपेन्द्र के खनाल ।

श्रावण,१६,२०७७ । नेपाली चलचित्रका दर्शकहरुले अत्यन्तै रुचाएका चलचित्र पशुपती प्रसाद र आमाका निर्देशक हुन दीपेन्द्र के खनाल । सामाजिक बिषयबस्तुमा चलचित्र निर्माण र निर्देशन गर्न कहलिएका उनै निर्देशक दीपेन्द्रले अब चलचित्र चिसो मान्छे र लक डाउनको निर्देशन गर्ने भएका छन ।जुन चलचित्रको नाम लाई उनले श्रावण १५ गते बिहिवार चलचित्र बिकास बोर्डमा दर्ता पनि गराइ सकेका छन ।गत बर्ष प्रदशनमा आएको सम्पुर्ण आमाहरुमा समर्पित चलचित्र आमाको निर्देशन गरेर वाह वाही बटुलेका निर्देशक खनालले चलचित्र चिसो मान्छेको कथा तयार पारिसकेको र अब स्क्रिप्टको काम शुरु गर्ने तयारीमा रहेको बताएका छन । निर्देशक खनालका अनुसार अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने तयारीमा रहेको बताएका दीपेन्द्रले  “मेटाफोरिक रुपमा नामलाई उठाएको छु । हामी हरेक व्यक्ति अहिले चिसो हुँदै गएका छौं, यसललाई चलचित्रमा भन्ने छु । त्यसै गरी उनले चलचित्र ‘चिसो मान्छे’ पछि ‘लकडाउन’को निर्माण गरिने पनि बताएका छन । यि दुबै चलचित्र लाई चलचित्र आमाकी निर्मात्री सर्मिला पाण्डेले निर्माण गर्दैछिन । चलचित्र को  स्क्रिप्ट फाइनल भएपछि कलाकार अनुबन्द गरिने निर्देशक दीपेन्द्रले जानकारी दिएका छन ।