31st July 2020

बरिष्ठ हाष्य कलाकार हरिवंश आचार्यको ''तिमी के को जान्ने'' सार्वजनिक ।

श्रावण,१६,२०७७ । नेपाली हाष्य कलाकारिताका बरिष्ठ हाष्य कलाकार मह जोडीका हरिवंश आचार्यले तिमी के को जान्ने बोल रहेको गीत सार्वजनिक गरेका छन । कलाकार  हरिवंशकै शब्द,संगीत र स्वरमा तयार भएको उक्त गीत मार्फत हाष्य कलाकार हरिवंश आचार्यले देशको समसामयिक बिषय माथी ब्यङ्ग्य प्रहार गरेका छन । तिमी के को जान्ने बोल रहेको गीत मार्फत कलाकार तथा गायक आचार्यले शक्तिमा रहेको एक नेताको चाँकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्वकरण गरिरहेको छ भन्ने बिषयमा ब्यङ्ग्य प्रहार गर्न खोजेका छन । कलाकार हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न पाइने भिडियोमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायत पनि अभिनय हेर्न पाइने छ। नेपालका सम्पूर्ण राजनीतिक दलहरुमा समर्पित गरिएको गीतको भिडियो लाई सागर राज शर्माले निर्देशन गरेका छन भने हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स रहेको छ ।