30th July 2020

नायिका साम्राज्ञी निकै मिहिनेत गर्ने नायिका हुन, तर उनिमा परिपक्वताको कमी छ : निर्देशक झरना थापा ।

श्रावण,१५,२०७७ । अभिनेता निर्माता तथा निर्देशक भुवन के,सी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बिबादले नयाँ मोड लिइरहेको समयमा । चलचित्र ए मेरो हजुर २ मा नायिका साम्राज्ञी लाई अभिनय गराएकी नायिका तथा निर्देशक झरना थापाले नायिका साम्राज्ञीमा परिपक्वताको कमी भएको बताएकी छिन । चलचित्र ए मेरो हजुर २ र ३ को सफलता पछी चलचित्रको चौथो सिक्वेलमा ब्यस्त रहेकी नायिका तथा निर्देशक झरना थापाले । ‘मेरो अनुभवमा उनी काममा निकै मिहिनेत गर्ने नायिका हुन् । उनी, जोखिम मोलेर पनि काम गर्न तयार हुन्छिन् । साम्राज्ञीमा धेरै संभावना छ । तर, उनमा परिपक्वताको कमी छ । जुन कुरा लाइ उनले सुधार गर्न आवश्यक रहेको बताएकी हुन । लकडाउनको समयमा नायिका साम्राज्ञीले आफूले अभिनय गरेका आठ चलचित्र मध्य ३ वटा चलचित्रको छायाकनको क्रममा आफुले राम्रो ब्यवहारको महशुस गर्न नसकेको बताएकी थिइन ।साम्राज्ञीले ति तीन चलचित्रको नाम नलिए पनि ति तीन चलचित्रमा नायिका साम्राज्ञीको डेब्यु चलचित्र भूवन केसीको ‘ड्रिम्स’, नायिका तथा निर्देशक झरना थापाको चलचित्र ‘ए मेरो हजुर २’ र नृत्य निर्देशक हुँदै चलचित्र निर्देशनमा डेब्यु गरेकी निर्देशक रेनशा वान्तवा राइको ‘इन्टु मिन्टु लण्डन’ रहेको बुझ्न सकिन्थ्यो । यसै क्रममा नायिका साम्राज्ञीको उक्त अभिब्यक्ती लाई लिएर अभिनेता  भूवन केसी र नायिका साम्राज्ञी वादविवादमै उत्रिए पनि झरना र रेनशा भने मौन रहदै आएका थिए ।नायिका साम्राज्ञी र भुवनको यो बिवाद सामाजिक सञ्जाल हुँदै जिल्ला अदालत सम्म पुगिसकेको अवस्थामा नायिका तथा निर्देशक झरनाले उक्त प्रतिकृया दिएकी हुन । साथै निर्देशक झरनाले चलचित्र ‘ए मेरो हजुर २’को छायांकनका क्रममा नायिका साम्राज्ञीसँग कुनै विवाद नभएको, उनले चलचित्रमा निकै राम्रो काम गरेकी थिइन् । र मेरो उनीसँग कुनै गुनासो नभएको पनि बताएकी छिन ।यसको साथ साथै झरनाले नायिका साम्राज्ञीले केही कुराहरुमा चित्त दुखाएको मैले थाहा पाएँ । चलचित्रको छायाकन को क्रममा केही कमी कमजोरी भए पनि होलान् तर साम्राज्ञीले चित्त नवुझेको कुरा तत्काल भनेको भए राम्रो हुने भन्दै आफ्नो धारण व्यक्त गरेकी छिन ।