29th July 2020

अभिनेता हमाल टेलिभिजन कार्यक्रम जातको प्रश्न लिएर आउँदै ।

श्रावण,१४,२०७७ ।लामो समय देखी चलचित्रको काँचको पर्दामा हेर्न नपाएका नेपाली चलचित्रका दर्शक हरुले अब नेपाली चलचित्रका महानायक राजेश हमाल लाई टेलिभिजनको पर्दामा देख्न पाउने भएका छन । पछिल्लो समय चलचित्र अभिनय बाट केहि पर रहदै आएका अभिनेता राजेश हमाललाई दर्शकले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मा देख्न पाउने भएका हुन ।जुन कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको पनि बताइएको छ ।समता फाउन्डेशनको प्रस्तुति रहेको उक्त कार्यक्रम कान्तिपुर टेलिभिजन बाट शनिवार साँझ साढे ६ बजे प्रशारण हुने पनि बताइएको छ । कार्यक्रम ‘जातको प्रश्न’ को बारेमा समता फाउन्डेसनले श्रावण १५ गते  बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउँने कार्यक्रम रहेको पनि बताइएको छ । चलचित्र युग देखी युग सम्म बाट अभिनय यात्रा शुरु गरी लामो समय सम्म एक क्षत्र राज गर्न सफल भएका अभिनेता हमालले यस अगाडि टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ संचालन गरेका थिए । हमालले सञ्चालन गर्न लागेको कार्यक्रम ‘जातको प्रश्न’ एउटा बहस विशेष कार्यक्रम रहेको र यस कार्यक्रममा  जातपात र यसको कारणले हुने विभेदको विषयमा अभिनेता राजेश फिल्डमा उत्रिएर बहस चलाउने पनि बताइएको छ ।