28th July 2020

कलाकार गोपाल राउतको निधन ।

श्रावण,१३,२०७७ । नेपाली चलचित्रका कलाकार गोपाल राउतको निधन भएको छ । लामो समय देखी अमेरिकामा बसोबास गर्दै आएका कलाकार राउतको अमेरिकी समय अनुसार हिजो बिहान ७ बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन । चलचित्र  ‘१६ बर्षे जोवन’, ‘सन्यास’, ‘अर्जुन’, ‘प्रेमयुद्ध’, ‘दोधार’ लगायतका दर्जनौ चलचित्रहरुमा सम्झनलायक अभिनय गरेका कलाकार राउतले ‘रुपमती’, ‘गुलाफ एकैपटक फुल्छ’ जस्ता लोकप्रिय टेलिश्रृंखला हरुमा पनि अभिनय गरेका छन । ५८ वर्षिय राउतको काम गरिरहेकै अवस्थामा निधन भएको पनि  बताइएको छ । पछिल्लो समय नेपाली चलचित्रको काँचको पर्दा बाट टाढा रहदै आएका कलाकार गोपाल राउत अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा स-परिवारका साथ बस्दै आएका थिए । उनको एक श्रीमती, दुई छोरा र एक बुहारी छन् । कलाकार गाेपाल राउतको निधन भए पछी नेपाली चलचित्रका चलचित्रकर्मी हरुले सामाजिक सञ्जाल मार्फत दुख ब्यक्त गर्दै उनलाई श्रद्धाञ्जली दिइरहेका छन ।