27th July 2020

साम्राज्ञी र भुवनको बिवादले नयाँ रुप लिदै गर्दा साम्राज्ञी लेख्छिन डर भन्दा विश्वास र निष्ठाको साथमा अगाडि बढ्नुछ ।

श्रावण,१२,२०७७ ।सामाजिक सञ्जाल बाट शुरु भएको नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता निर्माता तथा निर्देशक भुवन के,सीको बिबाद जिल्ला अदालत सम्म पुगेको छ ।केहि समय अघि नायिका साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत चलचित्र ‘ड्रिम्स’को छायाकनको क्रममा र जापानमा आयोजित एक अवार्ड कार्यक्रममा आफु माथी अभिनेता भुवनले गलत ब्यवहार गरेको अभिब्यक्ती दिए पछी शुरु भएको यो बिबाद लाई लिएर अभिनेता, निर्माता तथा निर्देशक भुवन के,सीले नायिका साम्राज्ञीले सामाजिक सञ्जालमा पटक-पटक भिडियो सार्वजनिक गरेर आफूमाथि झुटा आरोप लगाइ आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै अभिनेता भूवनले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरे पछी यो बिबाद सामाजिक सञ्जाल बाट शुरु भैकलाकार सँघ हुँदै जिल्ला अदालतमा पुगे पछी  नयाँ मोड लिएको हो । नायिका साम्राज्ञी विरुद्ध अभिनेता भुवनले जिल्ला अदालत काठमाण्डौमा मानहानीको मुद्दा दर्ता गरेको वुझिएको छ । पछिल्लो समय नेपाली चलचित्रको बजारमा नेपोटिजम र ग्रुपिज्मको विषयले चर्चा पाइरहदा नायिका साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ चलचित्र मध्ये तीन चलचित्रको छायाकनका क्रममा चलचित्रका निर्माता निर्देशक बाट आफु माथी नराम्रो व्यवहार भएको बताएकी थिइन् । नायिका साम्राज्ञीले दिएको उक्त अभिब्यक्ती आफू माथि लक्षित रहेको भन्दै अभिनेता भुवन के,सीले पनि सामाजिक सञ्जाल फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखेका थिए ।  यसै क्रममा यो घट्नाले नयाँ रुप लिदै गरिरहेको समयमा नायिका साम्राज्ञीले सामाजिक संजालमा ‘डर भन्दा विश्वास र निष्ठाको साथमा अगाडि बढ्नुछ लेखेकी छिन । नायिका साम्राज्ञीले उक्त भनाइ बाट डर भन्दा आफूमाथि विश्वास आवश्यक रहेको उल्लेख गर्न खोजेकी छिन् ।