26th July 2020

अभिनेता,निर्माता तथा निर्देशक भुवन के,सी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बिबादले नयाँ मोड लियो ।

श्रावण,११,२०७७ ।अभिनेता, निर्माता तथा निर्देशक भुवन के,सी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बिबादले नयाँ मोड लिएको छ । केहि समय अघि नायिका साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत चलचित्र ‘ड्रिम्स’को छायाकनको क्रममा र जापानमा आयोजित एक अवार्ड कार्यक्रममा आफु माथी अभिनेता भुवनले गलत ब्यवहार गरेको अभिब्यक्ती दिए पछी शुरु भएको यो बिबादले अभिनेता भुवनले जिल्ला अदालत काठमाण्डौमा नायिका साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरे सँगै उक्त बिबादले नयाँ मोड लिएको हो । नायिका साम्राज्ञी विरुद्ध अभिनेता भुवन केसीले गत बिहिबार जिल्ला अदालत काठमाण्डौमा मानहानीको मुद्दा दर्ता गरेको वुझिएको छ । नायिका साम्राज्ञीले सामाजिक सञ्जालमा पटक-पटक भिडियो सार्वजनिक गरेर आफूमाथि झुटा आरोप लगाइ आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै अभिनेता भूवनले मुद्दा दर्ता गरेका हुन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली चलचित्रको बजारमा पनि नेपोटिज्म र ग्रुपिज्मको विषयले चर्चा पाइरहदा नायिका साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ चलचित्र मध्ये तीन चलचित्रको छायाकनका क्रममा चलचित्रका निर्माता निर्देशक बाट आफु माथी नराम्रो व्यवहार भएको बताएकी थिइन् । नायिका साम्राज्ञीले दिएको उक्त अभिब्यक्ती आफू माथि लक्षित रहेको भन्दै अभिनेता भुवन केसीले पनि सामाजिक सञ्जाल फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखेका थिए ।