24th May 2019

चलचित्र चच हुइ को हङ्कङमा छाँयाकन ।

अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र चच हुइ को यती बेला हङ्कङ मा छाँयाकन  भैरहेको छ ।निर्देशक निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रको छायांकन का लागी चलचित्रको निर्माण एक साताको सेड्युल बनाएर गत शुक्रबार हङकङमा प्रस्थान गरेका थिए ।यस अघी चलचित्र तान्द्रो, अनागत, सुस्केरा र साढे सात जस्त चलचित्र हरुको निर्देशन गरिसकेका निर्देशक साम्तेन यसपटक भने कमर्सियल चलकित्रको निर्देशन गरिरहेका छन् ।छायाकन मा ब्यस्त रहेका निर्देशक साम्तेन लाई । हरेक चलचित्रमा कथावस्तु फरक भएता पनि उस्तै प्रकृतिको चलचित्र निर्देशन गरिरहेको आरोप खेपिरहेका थिए। त्यसैले पनि आफुले यस  यसपटक भने भिन्न किसिमको चलचित्र निर्देशन गरिरहेको भुटियाले बताए छन्। यती बेल चलचित्र च च हुइ को छायाकन नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा भइरहेको छ । चलचित्रको  छायांकनको लागि यती बेला अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायांकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया, निर्माता अमृत घोले लामा लगायत हङकङमा रहेका छन् । जहाँ अभिनेताअ आर्यन र कलाकार भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको बताइएको छ ।पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायत कलाकारको पनि अभिनय रहेको चलचित्रको हिमाली भेगको छायाकन  सकिएपछी चलचित्रको निर्माण टिम  हङकङ पुगेको हो । साथै हङकङ को छायाकन सकिए पछी चलचित्रमा समाबेश गीतको छायांकन भने नेपाल मै गर्ने पनि चलचित्रका निर्माता अमृत घोले लामाले बताएको बताइएको छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित कमेडी जनराको यस चलचित्र लाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।