23rd July 2020

महानायक राजेश हमालका भाई राकेश हमालको निधन ।

श्रावण,८,२०७७ ।नेपाली चलचित्रका महानायक राजेश हमाल लाई शोक परेको छ ।अभिनेता राजेश हमालका भाई राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भए पछी अभिनेता हमाल लाई शोक परेको हो ।राजधानीमा एउटै घरमा बस्दै आएका हमालका भाई राकेशको कलेजोको समस्याका कारण उपचारका लागी उनलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएको थियो । नयाँ दिल्लीको ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको शल्यक्रियापछि निधन भएको हो । अभिनेता राजेश र राकेशको परिवार राजधानीमा एउटै घरमा बस्दै आएका छन् । राकेश हमाल अभिनेता राजेश हमालका एक मात्र भाई हुन । भाइ राकेश अभिनेता हमाल सँगै बस्ने भएकाले भाइ सँग अभिनेता हमाल निकै नजिक थिए । राकेशका श्रीमती र दुई छोरा-छोरी छन । राकेश हमालको निधन भएपछि यती बेला कपूरधारास्थित हमाल निवासमा आफन्तहरु जम्मा भएका छन ।