23rd July 2020

निर्देशक मिलन चाम्सको नयाँ चलचित्रमा संगीतकार अर्जुन पोखरेलको संगीत ।

श्रावण,८,२०७७ ।निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको एक नयाँ चलचित्रमा नेपाली चलचित्रका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहने भएको छ ।प्रेमकथामा निर्माण हुन लागेको उक्त चलचित्रका लागी निर्देशल चाम्सले संगीतकार पोखरेल लाई अनुबन्ध गरे सँगै उक्त नयाँ चलचित्रमा संगीतकार अर्जुन पोखरेलको संगीत रहने भएको हो ।कोरोनाको कारण शुन्यको अवस्थामा पुगेको नेपाली चलचित्रको बजार लाई पुन चलायमान बनाउने वातावरण बनाउनु पर्छ बताएका निर्देशक मिलन चाम्सले लकडाउन खुलेपनि चलचित्र क्षेत्र नखुलेको अवस्थामा अब हामी कोरोना बाट डराएर घर भित्रै मात्र बसेर हुँदैन भनेर नै आफुले लकडाउन अन्त्य भएको दिन नै आफ्नो नयाँ चलचित्रको लागी संगीतकार अर्जुन पोखरेल लाई अनुबन्ध गरेको बताएका छन ।त्यसै गरि लकडाउन खुले लगत्तै नयाँ चलचित्रका लागी अनुवन्धित हुन पाउँदा खुशी देखिएका संगीतकार अर्जुन पोखरेलले पनि ‘चलचित्र क्षेत्रमा अब के हुने हो भनेर अन्यौलता कायमै रहेको अवस्थामा अब विस्तारै कामको सुरुवात गर्नुपर्छ भन्ने आफु लाई लागेको बताएका छन । केही समयपछि चलचित्रको छायांकन शुरु हुने बताइएको उक्त चलचित्रका लागी निर्देशक मिलनले संगीतकार अर्जुनलाई दर्शकको मन छुन सक्ने गीतहरु तयार गर्न भनेका पनि बताइएको छ ।