22nd July 2020

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता बिपिन कार्की अभिनित चलचित्र प्रसादको सिक्वेल प्रसाद २ बन्ने भयो।

श्रावण,७,२०७७ । नेपाली चलचित्रको बजारमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता बिपिन कार्की अभिनित सफल चलचित्र प्रसाद को सिरिज प्रसाद २ को निर्माण हुने भएको छ ।निर्माता सुभाष थापाको निर्माणमा करिब डेढ वर्ष अगाडि प्रदर्शनमा आइ नेपाली दर्शकहरुको मन जित्दै व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले सफल चलचित्र ‘प्रसाद’ को सिक्वेल प्रसाद २ को छायाँकन दशैंपछि सुरु गर्ने तयारीमा निर्माण टिम रहेको पनि बताइएको छ ।‘प्रसाद’ कै लेखक शुशील पौडेलले यतिबेला जुन चलचित्रको स्क्रिप्ट लेखिरहेको पनि निर्माता सुभाष थापाले जानकारी दिएका छन् । साथै चलचित्र ‘प्रसाद २’लाई चलचित्र ‘लभ डायरीज’का निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएको पनि बताइएको छ । चलचित्र प्रसाद लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । निर्देशक सौरभ चौधरी चलचित्र प्रसाद २ को निर्देशकको रुपमा अनुबन्ध भइसकेको पनि निर्माता थापाले बताएका छन । निर्माता थापाका अनुसार प्रसाद २ मा कलाकार पुरानै दोहोरिने सम्भावना प्रवल रहे पनि अहिलेसम्म कुनै कलाकार लाई अनुबन्ध नगरिएको पनि बताइएको छ ।  साथै निर्माता थापाका अनुसार चलचित्र प्रसाद २ चलचित्र ‘प्रसाद’ जहाँबाट सुरु भएको थियो त्योभन्दा अगाडि र जहाँ अन्त्य भएको थियो त्यसपछिको कथा सिक्वेलमा जोडिने पनि बताइएको छ । साथै विवाहभन्दा अगाडि विपिन र नम्रताबीचको प्रेम र सन्तान भएपछिको कथालाई पर्दामा उतारिने पनि उनले बताएका छन । ।चलचित्र ‘प्रसाद’ मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । यसको सिक्वेल मा निर्देशकको रुपमा दिनेश राउत नहुनुमा निर्माता थापाका अनुसार निर्देशक राउतको बढदो ब्यस्तता रहेको बताइएको छ ।