21st July 2020

अब आउने दिनमा पनि मैले यस्तै गल्ती गरे भने मेरो आलोचना गर्नुहोला नायिका पुजा शर्मा ।

श्रावण्,६,२०७७ । एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेपालमा १४ जिल्ला रहेको बताए पछी आलोचनाकी शिकार बनेकी नायिका पूजा शर्माले माफी मागेकी छिन । नायिका पूजाले आफु  दर्शकको धेरै माया पाएर मात्तिएकी थिएँ ।जुन कुरा मैले जान्नुपर्ने थियो । अब म आफूलाई यस्तो कुरामा सजग हुने र जुन मेरो अभिब्यक्तीले सबै दर्शकको मन दुखेको छ, त्यसमा आफु माफी माग्न चाहन्छु बताएकी छिन ।त्यसै गरी पछिल्लो समय नेपाली दर्शक हरुको पहिलो रोजाईमा पर्न सफल नायिका पुजा शर्माले आफ्नो बारेमा गसिप, ट्रोल आउँदा आफूले मानसिक रुपमा दबाब महशुश गर्ने नगरेको पनि बताएकी छिन् । आफूलाई लक्की मन्ने गरेकी नायिका पुजाले हामीले बोलेको हरेक कुरा रेकर्ड हुन्छ । यसैले, अहिले खोजी खोजी ती कुराहरु बाहिर ल्याइएका छन् । म आग्रह गर्न चाहन्छु कि, यी कुराहरुमा दुःख नगरौं । विगत गै सकेको छ, अब आउने दिनमा पनि मैले यस्तै गल्ती गरे भने मेरो आलोचना गर्नुहोला ।’त्यसै गरी चलचित्र क्षेत्रमा कुरा काट्ने प्रविती धेरै भएको बताएकी नायिका पुजाले ‘साथी र परिवार भैसकेपछि पछाडि कुरा काट्ने होइन । एक अर्कालाई समर्थन गर्न सक्नुपर्छ । भेट्दा मुस्कुराएर बोल्दैमा यसको कुनै अर्थ नहुने पनि बताएकी छिन ।निर्माण सम्पन्न भैप्रदशन को तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदशनको परखाईमा रहेकी नायिका पुजा कोरोना को त्रास केहि साम्य भए पछी नयाँ चलचित्रको निर्माण गर्ने पनि तयारीमा रहेकी छिन ।