20th July 2020

नायक पुष्प खडका लाई जन्मदिनको शुभकामना ।

श्रावण,५,२०७७ । बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्दै चर्चा बटुल्न सफल भै निर्देशक तुलशी घिमिरेको निर्देशनमा निर्मित चलचित्र दर्पण छायाँ २ बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गरेका नायक पुष्प खडका आज बाट ३१ औं बर्षमा प्रबेश गरेका छन । पछिल्लो समय चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गर्दै आएका नायक पुष्पले चलचित्र दर्पण छाँया २ पछी चलचित्र मंगलम, मारुनी जस्ता सफल चलचित्र हरुमा अभिनय गरिसकेका छन ।यसै क्रममा आज आफ्नो ३१ औ बर्षको जन्मदिनको अवसरमा केही स्थानमा केक काट्ने कार्यक्रम रहेको बताएका छन । साथै उनले आफ्नो जनदिनमा केही योजना बनाएता पनि विविध कारणले त्यो पुरा हुन नसकेको बताएका छन ।म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा डेब्यु गरेको छोटो समयमा नै सफलता बटुल्न सफल भएक पुष्पले करिअर देखि आफु सन्तुष्ट रहेको पनि बताएका छन् । अभिनेता पुष्पले आफुले पाइरहेको सफलताबाट आफु सन्तुष्ट रहेको पनि बताएका छन ।निर्देशक नवल नेपालको निर्देशनमा निर्मित चलचित्र मंगलम मा अभिनय गरे पछी ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जित्न सफल भएका नायक पुष्पले करिअरमा अझ्झ धेरै काम गर्न बाँकी रहेको पनि बताएका छन । लक डाउन शुरु हुनु अ घि चलचित्र ‘चालबाज’को छायांकनमा व्यस्त रहेका पुष्पले एउटा नयाँ चलचित्र आफूले साइन गरेको पनि बताएका छन् ।