20th July 2020

चलचित्रकर्मी बिबादमा मुछिदै आएकोमा चिन्ता ब्यक्त गर्दै नायिका अशिश्मा भन्छिन यो हाम्रो कस्तो परिवार ?

श्रावण,५,२०७७ ।चलचित्र मेला, अन्तराल,बाटो मुनीको फुल २,राधे, अधकट्टी, तोरी लाहुरे, लगाएतका चलचित्रहरुमा अभिनय गरेकी नायिका अशिश्मा नकर्मीले पछिल्लो समय नेपाली चलचित्रका चलचित्रकर्मीहरु एक पछी अर्को गर्दै बिबादमा आइरहेको र एक अर्का प्रती आरोप प्रत्यारोप मा लागिपरिरहेको भन्दै चिन्ता ब्यक्त गरेकी छिन ।नेपाली चलचित्रमा छाइरहेकी समयमा करिब दुइ बर्ष अघि बैवाहिक जिवनमा बाधिए सगै नेपाली चलचित्र बाट केहि टाढा रहदै आएकी नायिका अशिश्मा नकर्मीले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा देखिएको वादविवाद देखेर दिक्क मान्दै  सामाजिक संजालमा चलचित्र क्षेत्र कस्तो परिवार हो भनेर प्रश्न उठाएकी छिन् ।नायिका अशिश्माले सामाजिक सञ्जाल फेसबुकमा हामी आफुलाई नेपाली चलचित्र क्षेत्रको परिवार भन्छौ ।तर हाम्रो कस्तो परिवार भन्दै अगाडी लेखेकी छिन ।हामी आफुलाई नेपाली चलचित्र क्षेत्रको परिवार भन्छौ ।तर हाम्रो कस्तो परिवार ? स सानो कुरामा पनि आफु भित्रै पक्ष विपक्षमा बिभाजन हुने  हाम्रो कस्तो परिवार ? विवाद परिवार भित्रै नमिलाई सधै बाहिर छताछुल्ल पार्ने  हाम्रो कस्तो परिवार ?हरेक समस्याको समाधान परिवार भित्र नखोजी सधै बादविवाद मै अल्झीने  हाम्रो कस्तो परिवार ?न ठुलोलाई सम्मान न सानोलाई प्रोत्साहन हाम्रो कस्तो परिवार ? रिस, घमन्ड, दम्भ, अहंकार र डाहा मात्र हरेक सदस्यमा हाम्रो कस्तो परिवार ? परिवार त जोडिने हो तर सधै तोडिन मै अग्रसर हाम्रो कस्तो परिवार ?