19th July 2020

बैवाहिक जिवन लाई पुर्णबिराम लगाउदै नायिका उषा र नायक सुधांशु ।

श्रावण,४,२०७७ ।महाकवी लक्ष्मी प्रसाद देवकोटाको अमरकृती मुनामदन माथि निर्माण भएको चलचित्र मुना मदन बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरेकी नायिका उषा पौडेल र चलचित्र जालीरुमाल,सिमारेखा,हत्या,नेपाल लगाएतका चलचित्रहरुमा अभिनय गरेका अभिनेता सुधांशु जोशीको बैवाहिक जिवनमा  पुर्णबिराम लागेको बताइएको छ ।करिब ३ बर्ष अगाडी छोटो समयको प्रेम संबन्ध पछी बैवाहिक जिवन मा बाधिएका सुधांशु र उषाले अमेरिकाको बाल्टिमोरमा हिन्दू परम्परा अनुसार बिवाह गरेका थिए । जहाँ उनि हरुको बैवाहिक समारोहमा अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी र आफन्तको उपस्थिती रहेको थियो । साथै नायिका उषा पौडेलको आज परेको जन्मदिनमा सुधांशुले उनलाई जन्मदिनको शुभकामना नदिएको पनि बताइएको छ । तसै गरी नायिका उषा पौडेलले पनि अफ्नो जन्मदिनमा आफ्ना नजिकका साथीहरु बिच मध्यरातमा नै केक काटेको पनि बताइएको छ । नायिका उषाले सरप्राइज केक भन्दै साथीहरुलाई धन्यवाद दिएको भिडियो र फोटो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । नायिका उषा पौडेल नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा भारतमा गएकी थिइन । जहाँ उनले केही लोकप्रिय सिरियलमा पनि अभिनय गर्न सफल भएकी थिइन । त्यसपछी अमेरिकामा पुगेकी नायिका उषाले सुधांशु सँग प्रेम बिवाह गरेकी थिइन ।