17th July 2020

सरोज ओलीको निर्देशनमा पल र स्वस्तिमाको मायालु तिमी कता छौ २ सार्वजनिक ।

श्रावण,२,२०७७ ।लक डाउनका कारण लामो समय देखी घर भित्रै सिमित रहन पुगेका नेपाली चलचित्रका लोक प्रिय नायक पल शाहको ब्यस्तता यती बेला अन्य चलचित्रकर्मी हरुको भन्दा बाक्लो रहेको छ ।उनको ब्यस्तता बाक्लो हुनुमा चलचित्रको छायाँकनमा नभइ बिभिन्न म्युजिक भिडियोको छायाँकन रहेको छ ।म्युजिक भिडियो हुँदै निर्देशक बिकाश राज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गरेका नायक पल शाह पछिल्लो समय चलचित्र र म्युजिक भिडियोमा देखिदै आएका छन ।त्यस्तै उनि अभिनित चलचित्र र म्युजिक भिडियो हरुलाई दर्शक हरुले पनि उतिक्कै उत्साहका साथ दिदै आएका छन ।यसै क्रममा चलचित्र निर्माण सम्पन्न भै प्रदशनको पर्खाईमा रहेको चलचित्र म यस्तो गीत गाउँछु २ का नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित मायालु तिमी कता छौ २ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।कोरोनाको त्रास सँगै सरकारले गत बर्षको चैत ११ बाट लक डाउनको घोषणा गरे सँगै सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै घर भित्रै रहदै आएका र लक डाउन बाट पिडित चलचित्र प्राबिधिक हरु लाई खाध्यान्न समेत सहयोग गरेका पल गएको असार १ बाट लक डाउन केहि खुकुलो भए सँगै उनि म्युजिक भिडियोको छायाँकनमा ब्यस्त हुँदै आएका हुन । नेपाली दर्शक हरु माझ बहुप्रतिक्षित बन्न सफल भैरहेको निर्देशक सुदर्शन थापा निर्देशित र नायक पल शाह र नायिका पुजा शर्मा अभिनित सुपर हिट चलचित्र म यस्तो गीत गाउँछु को सिरिज म यस्तो गीत गाउँछु २ को प्रदशनको दिन लाई प्रतिक्षा गरिरहेका र लक डाउन खुले लगत्तै निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण भैरहेको चलचित्र दुइ नंबरीको छायाँकनमा ब्यस्त हुने तयारीमा रहेका नायक पल शाह र नायिका स्वस्तिमा खडका अभिनित उक्त म्युजिक भिडियोमा दिनेश थपलियाको शब्द, संगीतकार राजनराज शिवाकोटीको संगीत र संगीतकार राजनराज गायिका स्मिता दाहालको स्वर रहेको छ । सरोज वलीको निर्देशनमा निर्माण भएको उक्त भिडियोमा बाल–कलाकारद्धय एन्जल राई र अर्विन खड्काको पनि अभिनय रहेको छ ।विक्रम स्वाँरको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीले छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ ।