16th July 2020

नायिका ऋचा शर्मा लाई जन्मदिनको शुभकामना ।

श्रावण,१,२०७७ ।नेपाली चलचित्रको बजारमा एक कुशल अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आज जन्मदिन परेको क्छ । बि सं २०४४ साल साउन १ गते धनगडीमा जन्मिएकी नायिका ऋचा ले अब ३३ औ वर्षमा प्रबेश गरेकी छिन ।त्यसै नायिका ऋचा शर्माले बैबाहिक जीवनमा बाँधिएपछि पहिलो पटक आफ्नो जन्मदिन मनाउदै छिन ।सन् २००७ देखि नेपाली चलचित्रको रंगीन संसारमा डेब्यु गरेकी नायिका ऋचा शर्माले चलचित्र  ‘फस्ट लभ’ बाट चलचित्रमा अभिनय यात्रा शुरु गर्दै चलचित्र ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’लगाएत का चलचित्र हरुमा अभिनय गरिसकेकी छिन ।जुन चलचित्रमा अभिनय गरे पछी यि नायिकाले नेपाली चलचित्रमा आफु लाई भर्सटायल नायिकाको रुपमा स्थापित गराउन सफल भएकी छिन । नायिका ऋचाले चलचित्र‘को आफ्नो’ मा निर्वाह गरेको ग्रामीण भेगको दुःखी महिलाको भूमिका होस या चलचित्र‘टलकजंग भर्सेस टुल्के’ मा निभाएको फुलीको भूमिका होस उनले आफ्नो चरित्र लाई अविस्मणिय बनाउन कुनै कसर बाकी राखेकी छैनन । ति चलचित्र हरुमा उनले गरेको अभिनय आज पानी दर्शक हरुको मानसपटल मा ताजै रहेको छ ।चलचित्र ‘टलकजंग’ बाट त उनले राष्ट्रिय अवार्ड समेतपाउन सफल भएकी थिइन । त्यसै गरी उनि अभिनित पछिल्लो प्रदशन मा आएको चलचित्र ‘न यता न उता’रहेको छ भने  प्रदर्शनको पखाईमा रहेको चलचित्र ‘हिजो आजका कुरा’ रहेको छ । नेपाली चलचित्रको बजारमा निर्भिकता र स्पष्ट वक्ताको रुपमा समेत आफु लाई परिचित गराउन सफल र अहिले केही साथीहरुसँगको सहकार्यमा डिटिजल प्लेटफर्म ‘चलचित्र एप’ सञ्चालनमा ल्याएकी नायिका ऋचा शर्मालाई जन्मदिनको उपलक्ष्यमा बि एम मनोरञ्जन समाचार को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ।