22nd May 2019

असार १३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र  ‘आप्पाको स्टोरी च्यालेन्ज’।

निर्देशक अनमोल गुरुङको निर्देशनमा माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित ।दयाहाङ राइ तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकी अभिनित।प्रदशनको पर्खाइ मा रहेको चलचित्र आप्पाले चलचित्रको प्रचार प्रसारको नयाँ शैली अपनाएको छ ।असार १३ गते बाट प्रदशनमा आउन लागेको उक्त चलचित्रको निर्माण टिमले चलचित्र‘आप्पा स्टोरी च्यालेन्ज’ गर्ने योजना बनाएर प्रचारको नयाँ शैली अपनाएको हो ।अभिनेता दयाहाङ राई लाई बाबुको भूमिकामा देख्न पाइने उक्त चलचित्र बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको छ ।चलचित्र  ‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिने पनि बताइएको छ । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्ने र त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । साथै अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ । त्यस्तै अर्को भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ ।साथै यस लाई पनि फोटोमा जस्तै  ३ जना साथिलाई ट्याग गरेर‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ’आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ ।च्यालेन्जमा सहभागी फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ सिनेमा प्रिमियरको २ ओटा टिकट र भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् ।चलचित्रमा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र योजना प्रधानको कोरियोग्राफी रहेको छ ।