15th July 2020

निर्देशक तुलशी घिमिरे लाई जन्म दिनको शुभकामना ।

असार,३१,२०७७ ।नेपाली कथानक चलचित्र बासुरी बाट निर्देशन यात्रा शुरु गरेका निर्देशक तुलशी घिमिरे लाई नेपाली चलचित्रको बजारमा सफल निर्देशकको रुपमा लिइने गरिन्छ ।निर्देशक तुलशी घिमिरेको निर्देशनमा निर्मित चलचित्र बासुरी, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘देउता’, ‘दर्पण छाँया’, ‘लहना’ दक्षिणा,कुसुमे रुमाल, बलिदान रहर जस्ता सफल चलचित्रहरुले नेपाली चलचित्रको इतिहास मा एउटा छुट्टै पहिचान बनाउन सफल भएका छन ।जुन चलचित्रहरु बट नेपाली चलचित्रको बजार र दर्शक हरुले थुप्रै सफल नायक नायिका हरु पाउन पनि सफल भएको थियो । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा जन्मिएका निर्देशक घिमिरेको नेपाली चलचित्रमा योगदान महत्त्वपूर्ण रहेको छ ।साथै नेपाली चलचित्रमा निर्देशनको साथ साथै कुशल गीतकार, कथापटकथा लेखक, अभिनेताको रुपमा पनि आफु लाई परिचित गराउन सफल भएका उनै निर्देशक घिमिरेको आज जन्मदिन परेको छ ।बलिउड अभिनेता राज कपुर बाट प्रभाबित भएका निर्देशक घिमिरेको मुम्बईमा काम गर्ने क्रममा नेपाली चलचित्रका निर्देशक प्रकाश थापासँग भेट हुन पुगेको थियो ।यसै क्रममा निर्देशक घिमिरे र थापा बीच नेपाली भाषामा कुराकानी भएको सुनेर निर्देशक तुलसी घिमिरेका गुरुले उनलाई‘नेपालीमा कतिवटा फिल्म बनेको छ भन्दै सोधेका थिए ।जवाफमा घिमिरेले ‘त्यस्तै सात आठवटा भने पछी निर्देशक घिमिरेका गुरुले सोही समय गुरु-दक्षिणा माग्दै ‘तिमीले १० वटा नेपाली फिल्म बनाउनु भनेका थिए ।सोही अनुरुप गुरुको आज्ञा शिरोधर गर्दै निर्देशक घिमिरेले चलचित्र  ‘बाँसुरी’ बाट नेपाली चलचित्रको निर्देशन यात्रा शुरु गरेका थिए ।उनको दशौ चलचित्र दक्षिणा रहेको छ । जुन चलचित्र उनले गुरुप्रति समर्पित गरेर बनाएका थिए । शिष्य र गुरुबीचको सम्बन्धलाई केलाएर विद्यमान शिक्षा प्रणालीमाथि बनेको उक्त चलचित्र अहिलेपनि उत्तिकै सान्दर्भिक छ ।पछिल्लो प्रदशनमा आएको चलचित्र‘दर्पण छाँया २’ निर्देशन गरेका निर्देशक तुलसी घिमिरेको चलचित्र बाट अभिनेता भुवन केसी, अभिनेत्री निरुता सिंह, तृप्ति नाडकर,दीलिप रायमाझी,,उत्तम प्रधानलगायत लाई नेपाली चलचित्र मा चर्चामा ल्याउन सफल भएका थिए ।उनै नेपाली चलचित्रका सफल निर्देशक तुलशी घिमिरे लाई जन्म दिनको उपलक्ष्यमा बि एम मनोरञ्जन समाचार को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ।