14th July 2020

लकडाउनले गुमेको खुसी फेरि फर्किनेछ एक दिन : निर शाह ।

असार,३०,२०७७ ।वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित नेपाली कथानक चलचित्र‘परिवर्तन’ बाट अभिनय यात्रा शुरु सुरु गरेका दमदार आवाजका धनी कलाकार हुन बरिष्ठ अभिनेता निर शाह ।चलचित्र‘परिवर्तन’ बाट अभिनय यात्रा शुरु गरि ३ सयभन्दा बढी चलचित्रमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका अभिनेता निर शाह लाई नेपाली चलचित्रको बजारमा महँगा चरित्र अभिनेताको रुपमा लिने गरिन्छ ।अभिनेता निर शाहले अभिनयको साथ साथै चलचित्र  वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान जस्त सफल चलचित्रहरुको निर्देशन पनि गरिसकेका छन् ।चलचित्र प्रेम पिण्ड,सेतो बाघ,बलिदान,मुना मदन, मसान ,जीवन रेखा लगाएतका चलचित्रहरुमा अभिनेता निर शाहले गरेको उत्कृष्ट अभिनय कला लाइ आज पनि नेपाली चलचित्र प्रेमी दर्शक हरुले भुल्न सकेका छैनन ।उनले अभिनय गरेका यि चलचित्रहरु आज पनि नेपाली चलचित्रका दर्शक हरुको मानसपटलमा रहेको छ ।बिशेष गरी अभिनेता निर शाह को दमदार आवाज र जस्तो सुकै चरित्रलाई पनि उत्कृष्ट बनाउन सक्ने उनको अभिनय कला लाई दर्शक हरु मन पराउदै आएका छन ।यसै क्रममा उनै लाखौ लाख नेपाली चलचित्रका दर्शक हरुको मनमा राज गर्न सफल भएका अभिनेता निर शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘लकडाउनले गुमेको खुसी फेरि फर्किनेछ एक दिन भन्दै कोरोना भाइरसको कारण अस्तब्यस्त बन्न पुगेको नेपाली चलचित्रको बजार पुन पुरानै अवस्थामा फर्किने बिश्वास ब्यक्त गरेका छन ।विश्व लाई नै आक्रान्त बनाइरहेको कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत बर्षको चैत ११ बाट जारी गरेको लकडाउन गत असार १ बाट लुजडाउनमा परिणत भए सँगै चलचित्रको छायाकन निर्माण र प्रदशन तत्काल नभए पनि चलचित्र संबन्धी अन्य बिधाका कामहरु फाट्टफुट्ट भैरहेको अवस्थामा बरिष्ठ अभिनेता निर शाहले उक्त अभिब्यक्ती सार्वजनिक गरेका हुन । लगातारको लकडाउनको कारण आम सर्वसाधारणको साथ साथै नेपाली चलचित्रका सेलिब्रेटीको दिनचर्यामा पनि असर परिरहेको अवस्थामा र एक्सन-कटको रमाइलो वातावण बाट टाढा रहदै आएका नेपालीचलचित्रकर्मी हरु फेरि पहिल्यको जस्तो अवस्था कहिले फर्किएला भन्ने प्रतिक्षामा रहेको अवस्थामा बरिष्ठ कलाकार, निर्माता तथा निर्देशक नीर शाहले फेसबुक पेजमा आफ्नो एक हँसिलो तस्विर साझेदार गर्दै ‘लकडाउनले गुमेको खुसी फेरि फर्किनेछ एक दिन भन्दै अहिले लक दाउनका कारण घरको चारकुनामा आफ्नो दैनिकी कटाइ रहेका चलचित्रकर्मी हरु सुनौलो दिनको प्रतिक्षामा रहेको बताएका हुन ।