13th July 2020

यस बर्षको गाइजात्रा कार्यक्रम डिजिटल माध्यमबाट ।

असार,२९,२०७७ ।बिगत ३ महिना देखी सुन सान बन्दै गएको नेपाली मनोरञ्जन क्षेत्रमा यस बर्षको गाइजात्रा कार्यक्रम डिजिटल माध्यमबाट हुने भएको बताइएको छ ।स्रोतका अनुसार कोरोनाको त्रासका कारण घर भित्र बस्न बाध्य भएका आम नागरिकको मनोरञ्जन लाई ध्यान मा राख्दै यस बर्षको गाइजात्रा कार्यक्रम डिजिटल माध्यमबाट ‘गाईजात्रा विशेष कार्यक्रम’हुने भएको बताइएको हो ।यसै क्रममा आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए अनुसार  उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्ड वर्थ प्रालिले आयोजना गर्न लागेको ‘गाईजात्रा विशेष कार्यक्रम’ विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्महरु मार्फत प्रसारण हुने र उक्त कार्यक्रम साउन १५ गतेदेखी शुरु हुने पनि बताइएको छ । ‘गाईजात्रा विशेष कार्यक्रम’मा कलाकार मनोज गजुरेलका बिभिन्न प्रस्तिती रहने पनि बताइएको छ ।उनको विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको नक्कलकोे टिजर पनि सार्वजनिक भइसकेको छ । यसै क्रममा कलाकार मनोज गजुरेलले   “यो बेलाजोसँग जे विज्ञता छ, उसले त्यही धर्म निर्वाह गर्ने हो ।  यसमा हामीले महामारीबाट अन्योलग्रस्त र त्रसित मनहरुलाई हौसला र उत्पेरित गर्ने प्रयास गरेका हौं बताएका छन ।  कार्यक्रममा शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली,  लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्रको साथमा  कमेडी च्याम्पियन हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुन, मेक्सम गौंडेल, सुमन कार्की लगायतको पनि बिशेष प्रस्तुती रहने पनि बताइएको छ ।