13th July 2020

नायिका पुजा शर्मा भन्छिन म दुनियाँको कुरा सुन्दिनँ, आफ्नै मनको कुरा सुन्छु ।

असार,२९,२०७७ ।चलचित्र थ्री लभरस,मधुमास,अझ्झै पनि,चंखे शंखे पंखे लगाएतका चलचित्रहरुमा अभिनय गरे पनि चलचित्र प्रेम गीतमा अभिनय गरे पछी चर्चामा आएकी नायिका हुन नायिका पुजा शर्मा ।चलचित्र प्रेममा अभिनय गरे पछी राता रात चर्चा बटुल्न सफल भएकी नायिका पुजा लाई यती बेला नेपाली चलचित्रको बजारमा सफल नायिकाको रुपमा हेरिने गरिएको छ ।नायिका पुजाले चलचित्र प्रेम गीतको सफलता पछी चलचित्र म यस्तो गीत गाउँछु, राम कहानी,सम्हालिन्छ कहिले मन्,सम्झना बिर्सना,मन परेसी,म यस्तो गीत गाउँछु २ लगाएतका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।यि मध्य कुनै चलचित्र प्रदशन मा आइसकेका छन भने कुनै चलचित्र चलचित्र प्रदशनको तयारीमा रहेका छन ।त्यस्तै पछिल्लो समय दर्शक हरुको रोजाईमा पर्न सफल भैरहेकी नायिका पुजा शर्मा यती बेला नयाँ चलचित्रको तयारीमा रहेकी पनि बताइएको छ ।जुन चलचित्र लाई निर्देशक सुदर्शन थापा र नायिका पुजाले निर्माण गर्न लागेको पनि बताइएको छ ।नयिका पुजाले निर्देशक थापा सँग चलचित्र प्रेम गीत देखी म यस्तो गीत गाउँछु २ सम्म सहकार्य गरिसकेकी छिन ।यसै क्रममा एक पछी अर्को चलचित्रमा ब्यस्त बन्दै आएकी नायिका पुजा बिगत ३ महिना देखी घर भित्रै रहदै आएकी छिन ।कोरोनाको कारण देशक लक डाउन भए सँगै उनि घर भित्र रहन बाध्य भएकी हुन ।यसै बिच पूजाले एक टेलिभिजन कार्यक्रममा नेपालमा १४ जिल्ला रहेको बताएपछि उनि आलोचित बन्न पुगेकी थिइन ।नायिका पुजाको उक्त अभिब्यक्ती सार्वजनिक भएको पछी बिभिन्न टिका टिप्पणी भैरहेको समयमा नायिका पूजाले नाम हुनेकै चर्चा र आलोचना हुन्छ भन्ने कुरा आत्मसात् गरेर अघि बढ्नु लाभदायक देखिएको बताएकी छिन । सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिप्पणी लाई ब्यवस्ता गर्दै नायिका पूजाले दुनियाँको कुरा बेवास्था गरेर अगाडि बढ्ने निधो गरेकी हुन । उनले सामाजिक सञ्जाल मा भगवानलाई पनि गाली गरिन्छ भन्दै अब आफ्नो सोच अनुसार हिँड्ने भन्दै लेखेकी छिन । ‘यहाँ भगवानलाई पनि गाली गर्छ मान्छे । यहाँ आफूलाई मात्र सही ठान्छ मान्छे । म दुनियाँको कुरा सुन्दिनँ, आफ्नै मनको कुरा सुन्छु । जीवन सडकमा होस् वा शिखरमा, आफ्नै सोचमा हिँड्छु ।