12th July 2020

चर्चित गायक हिमाल सागर अब गायक हुँदै चलचित्रका नायक बन्ने तयारीमा ।

असार,२८,२०७७ ।नेपाली गीत संगीतका चर्चित गायक हिमाल सागर अब गायक हुँदै चलचित्रका नायक बन्ने तयारीमा रहेको बताइएको छ ।समाचार स्रोतका अनुसार दर्जनौ कर्णप्रिय गीतमा आफ्नो सुमधुर आवाज भरेका गायक सागरले सामाजिक संजाल मार्फत चलचित्रमा अभिनय गर्न लागेको बताएका हुन् ।‘न मैले लेखेँ’, ‘तीन ढिंके फुली’, ‘ए माया’लगायत चर्चित गीतका गायक हिमाल सागरले सामाजिक सञ्जाल फेसबुकमा धेरै दर्शक श्रोता हरुको चाहना लाई मध्य नजर गरेरै कोरोना को कहर कम भए पछी आधा शूटिङ बिदेश र आधा नेपाल मै शूटिङ गर्ने गरी फिल्म खेल्ने पक्का। भन्दै उनले गायक हुँदै नायकको रुपमा नेपाली चलचित्रमा डेब्यु गर्न लागेको जानकारी दिएका हुन ।सांगीतिक दुनियाँमा चम्किदै चलचित्रमा डेब्यु गरेका गायक यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई ,निमा रुएमबिएअ प्रकाश सपुत, नितेशजंग कुँवर र प्रेम परियार पछी अब गायक हिमाल सागरले पनि चलचित्रमा अभिनय गर्न लागेका हुन ।एक सांगीतिक कार्यक्रमको सिलसिलामा करिव साढे चार महिनाअघि अमेरिका पुगेका गायक सागर अहिले पनि अमेरिकामै छन् । उनि लकडाउनका कारण उतै रोकिएका हुन ।