10th July 2020

नायिका रेखा थापाको कडा कसरत ।

असार,२६,२०७७ ।नेपाली चलचित्रको बजारमा कुनै समय हिरो लाई टक्कर दिन सक्ने खुबी भएकी नायिकाको रुपमा आफु लाई परिचित गराउन सफल भएकी नायिका हुन नायिका रेखा थापा ।निर्माता छवि ओझाको निर्माणमा निर्मित चलचित्र हिरोमा अभिनय गर्दै नेपाली चलचित्रको रंगीन संसारमा डेब्यु गरेकी रेखाले झण्डै एक दशक सम्म नेपाली चलचित्रमा नं १ नायिकाको रुपमा आफु लाई स्थापित गराउन सफल भएकी थिइन । नायिका रेखाले चलचित्र हिरो हुँदै चलचित्र किस्मत,काली,शिलशिला,हिफाजत,बाटुली,हमेशा,मितिनी,धडकन,को आफ्नो को बिरानो,कस्ले चोर्यो मेरो मन लगाएतका दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन भने पछिलो समय उनले हिम्मतवाली,रुद्रप्रिया, रामप्यारी, मालिका लगाएतका चलचित्रहरु पनि आफैले निर्माण गरिसकेकी छिन ।यसै क्रममा अब उनै नायिका रेखा थापा यती बेला नयाँ चलचित्रको निर्माणको तयारीमा रहेका छिन ।जुन चलचित्रको छायाँकन लक डाउन खुले लगत्तै शुरु हुने पनि बताइएको छ ।त्यस्तै पछिल्ला केहि चलचित्रमा मोटी देखिदै आएकी नायिका रेखा लाई अब दर्शकहरुले पहिला कै रुपमा देख्न पाउने भएका छन ।नयाँ चलचित्रको तयारीमा रहेकी नायिका रेखा यती बेला कडा कसरत गर्दै छिन ।लकडाउनपछि आफू बस्ने अपार्टमेन्टको कम्पाउन्ट भित्रै व्यायम गर्दै आएकी नायिका रेखाले यो अवधीमा २० केजी तौल घटाइसकेकी पनि बताइएको छ ।यसै क्रममा नायिका रेखाले सामाजिक सञ्जालमा एक तस्विर साझेदार गर्दै ‘शरीर नै मेरो घर हो, शरीरमा म बस्छु । म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहंकार पनि ठीक ठाउँमा बस्छ लेखेकी छन् ।