09th July 2020

पुराना दिन लाई सम्झदै नायिका जल शाह ।

असार,२५,२०७७ ।नेपाली चलचित्रको बजारमा श्री स्वस्थानी चलचित्र बाट अभिनय यात्रा शुरु गरी ब्यवसायिक चलचित्र अवतार बाट चर्चामा आएकी नायिका हुन जल शाह।आफ्नो अभिनय कला र नृत्य कला बाट लाखौ लाख नेपाली दर्शकहरुको मन जित्न सफल भएकी नायिका जल शाहले चलचित्र पराइघर,माउते दाइ,ठुल्दाइ,घुम्टो,बुहारी,यो मायाको सागर,बादल पारी,दैव,दोधार्,इज्जत,दौतरी,आर्मी लगाएतका दर्जनौ सुपरहिट चलचित्रमा अभिनय गरेकी छिन ।पहिलो ब्यवसायिक चलचित्र नै नेपाली चलचित्रका महानायक राजेश हमालको साथमा अभिनय गरेकी नायिका जल शाहले उक्त चलचित्र बाट नै चर्चा र सफलता पाउन सफल भएकी थिइन ।नेपाली चलचित्रमा राम्रै माग र उनि अभिनित चलचित्र हरु लाई दर्शक हरुलाई पनि दर्शक हरुले राम्रै साथ दिइरहेको समयमा उनि अमेरिका गएपछी दर्शक हरुले उनलाई नेपाली चलचित्रको काँचको पर्दामा देख्न पाएका छैनन । आफ्नो समयकी यि चर्चित अभिनेत्री जल शाहले सुटिङ सेटमा मेकअप गरेर क्यामेराको अगाडि निर्देशकको एक्सन-कटमा अभिनय नगरेको वर्षौं भइसकेको समयमा उनै नायिका जल शाहले यती बेला नेपाली चलचित्रको छायाँकनको दिन हरु लाई सम्झिरहेको बताएकी छिन । नायिका जल शाहले सामाजिक सञ्जाल मार्फत आफुले नेपाली चलचित्र मिस गरिरहेको बताएकी हुन ।नायिका शाहले आफु अभिनित कुनै एक चलचित्रको एक तस्विर शेयर गर्दै उनले लेखेकी छन्, ‘ओह, म मेरो काम याद गर्दैछु ।’ डेढ दशकदेखि नेपाली चलचित्र बाट टाढा रहदै आएकी नाय्का जल शाहको यो भना इ बाट उनि नेपाली चलचित्र बाट टाढा रहदा कती  न्यास्रिएकी छन् भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । कयैन् यादगार चलचित्रहरुमा अभिनय गरेकी नायिका जल शाह लाई नेपाली अब नेपाली दर्शक हरुले पुन काँचको पर्दामा देख्न पाउने हो त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।