08th July 2020

चलचित्र निर्माता संघले  चलचित्र विकास बोर्ड लाई बुझायो कोरोनाका कारण प्रभावित हुन पुगेका चलचित्र हरुको सूची ।

असार,२४,२०७७ ।गत बर्षको चैत ११ बाट कोरोना भाइरसको त्रासका कारण शुरु भएको लक डाउनका कारण नेपाली चलचित्रले भोग्नु परिरहेको क्षती लाई नजर अन्दाज गर्दै नेपाल चलचित्र निर्माता संघले  चलचित्र विकास बोर्ड लाई कोरोनाका कारण प्रभावित हुन पुगेका चलचित्र हरुको सूची वुझाएको छ ।चलचित्र निर्माता संघले वुझाएको उक्त चलचित्रको सुचीमा ६४ वटा नेपाली चलचित्र रहेका छन भने त्यसमा निर्माण सम्पन्न भैप्रदशनको मिती घोषणा गरिसकिएको चलचित्र देखी लिएर निर्माण घोषणा गरिएका र चलचित्र बिकाश बोर्दमा नाम दर्ता गरिएका चलचित्र हरु सम्म रहेका छन ।चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसहितको टिमले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई वुझाएका चलचित्रहरुमा ‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, घनचक्कर, मनको वाँध, हिरो रिटन्र्स, माया बस्छकी के हो, झिंगे दाउ, उल्झन, पोखराकी काली, प्रेमगीत ३, सिमानामा काँडेतार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकासे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षटकोण, नालापानी, हेल्लो काशिराम, आरुषी, यो मायाँ कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, संझना विर्सना, सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एष्ट्रे, रेखा थापाको अनटाइटल प्रोजेक्ट, बद्री बहादुर, वडा अध्यक्ष, चपली हाइट ३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै, हृदयभरि लगाएतका छन् ।