06th July 2020

म्युजिक भिडियोमा ब्यस्त हुँदै नायक पल शाह ।

असार,२२,२०७७ ।चलचित्र ‘म यस्तो गीत गाउँछु २ र हृदयभरि’ को प्रदशनको पर्खाइमा रहेका नेपाली चलचित्रका चर्चित नायक पल शाहको व्यस्तता बढेको छ ।बिगत ३ महिना देखी कोरोनाको कारण देशमा लक डाउन भए सँगै घर भित्र रहदै आएका पल शाह श्रावण  १ देखी सरकारले लक डाउन लाई केहि खुकुलो बनाए सँगै उनको ब्यस्तता  बढेको हो ।तर नायक पल शाह चलचित्रको छायाकन मा नभै म्युजिक भिडियोको छायाकन मा ब्यस्त बन्न पुगेका हुन ।कोरोना भाइरसका कारण देश लक डाउन भए सँगै लक डाउन बाट प्रभाबित चलचित्र प्राबिधिकका परिवारहरु लाई ५ लाख बाराबरको राहात सहयोग गरेका पलले लक डाउन केहि खुकुलो भए सँगै दुइ म्युजिक भिडियोमा काम गरिसकेका छन भने डेढ दर्जन अन्य म्युजिक भिडियोमा काम गर्ने तयारी गरिरहेका छन ।पहिले लिएको भन्दा करिब २०/२५ प्रतिशत कम पारिश्रमिकमा काम गरिरहेक पलले चलचित्रको काम तत्काल सुरु हुने संकेत नदेखिएको कारणले गर्द आफुले करिब डेढ दर्जन भिडियोमा काम गर्ने सहमति जनाइ सकेको पनि बताएका छन ।साथै उनले कोरोना भाइरसका कारण सृजना भएको यो बिषम परिस्थिती लाई मध्य नजर गर्दै आफुहरुले सामाजिक दुरी कायम गरेर म्युजिक भिडियो हरुको छायाङ्कन गरिरहेको पनि बताएका छन ।पारिश्रमिकमा केही कम गरेको बताएका पलले लकडाउनका कारण सबैको समस्या एउटै भएकाले पनि मिलेर काम गर्नुपर्ने पनि बताएका छन ।