20th May 2019

चलचित्र ‘पोइ पर्यो काले’को शुभमुर्हत ।

जेठ,७,२०७६ ।निर्देशक शिशिर राणाको लेखन र निर्देशन मा बन्न लागेको चलचित्र ‘पोइ पर्यो काले’को निर्माण घोषणाको साथ साथै शुभमुर्हत गरिएको छ ।अभिनेता सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ लगाएतको मुख्य भूमिकामा रहने उक्त चलचित्र कमेडी जनराको रहेको बताइएको छ ।दीपक मनांगे को लगानी रहने चलचित्र‘पोइ पर्यो काले’मा नायक शोहित मानन्धर र नायिका सुरक्षा पन्त को पनि मुख्य भूमिका रहने पनि बताइएको छ । राजधानी मा सोमबार गरिएको शुभ मुर्हत कार्यक्रममा चलचित्रका सबै कलाकार र निर्माता दीपक मनांगे को उपस्थित रहेको थियो । जेठ महिनाबाट फ्लोर मा जाने बताइएको उक्त चलचित्रमा तारा प्रकाश ‘किम्भे’को सम्पादन रहने छ ।श्यामबहादुर थापा प्रस्तुतकर्ता रहेको चलचित्र निर्माणमा दिपक मनाङ्गे र देवी राइको सहकार्य रहेको छ ।किरण नेपाली र रघु परियार भने कार्यकारी निर्माताको रुपमा रहेका छन् ।