05th July 2020

गायक उदित नारायण भन्छन आफु लाई धेरै पटक ज्यान मार्ने आएको थियो ।

असार,२१,२०७७ । सुपरहिट चलचित्र कुसुमे रुमाल मा अभिनय समेत गरेका गायक उदित नारायण झा को सयौं गीत हरुले नेपाली दर्शक स्रोता हरुको मन जित्न सफल भएका छन भने भारतीय सागितिक क्षेत्रमा पनि उनले हजारौ को संख्यामा कर्णप्रिय गीत मा आफ्नो सुमधुर आवाज भरिसकेका छन । उनै नेपाली गीत संगीतका र बलिवूडका चर्चित गायक उदित नारायण झाले एक समय आफ्नो नामको सुपारी लिएर आफ्नो हत्या गर्ने मनसाय लिएर लखनउबाट केही मानिस आएका तर त्यतिबेला प्रहरीले स्थिती नियन्त्रणमा लिएको बताएका छन ।भारतीय चलचित्र उद्योगमा समेत आफ्नो ४० बर्षे गायन यात्रा पूरा गरिसकेका उनै गायक उदितले भारतीय चलचित्र उद्योगमा ४० वर्ष पूरा गरेको खुसीयालीमा आफ्नो युट्युब च्यानल पनि सार्वजनिक गरेका छन् । दुई पटक पद्म पुरस्कार , ५ पटक फिल्म फेयर अवार्ड प्राप्त गर्न सफल र ४० वटा भाषामा आफ्नो जादुमय आवाज दिन सफल भैसकेका उदितले आफु लाई सन् १९९८ देखि २०१९ सम्म धम्कीयुक्त फोन आउने गरेको र कतिपटक त हत्या गरिदिने धम्की पनि आउने गरेको बताएका छन । ‘सन् १९८० देखि मुम्बईमा रहेर भारतीय चलचित्रमा संघर्ष गर्ने क्रममा सन् १९८८ मा ‘कयामत से कयामततक’ चलचित्रमा आफ्नो कर्णप्रिय आवाज भए पछी चर्चामा आएका गायक उदितले त्यस अगाडी नै सन् १९८० निर्माण भएको चलचित्र ‘उन्नीस बीस’मा आफ्नो आवाज भरेका थिए ।तर उनलाई सफलता भने ‘कयामत से कयामततक’ बाट मिलेको थियो ।जुन चलचित्रका गीत हरु सार्वजनिक भए पछी उनले नसोचेको सफलता पाउन सफल भएका थिए ।साथै चलचित्र ‘कयामत से कयामततक’ को गीत पापा केहेते हे ले गायक उदित नारायण झा लाई बलिवूड नगरीमा मेलोडी गायकको रुपमा पनि स्थापित गराउन सफल भएको थियो ।सन् १९९८ मा निर्माण भएको चलचित्र‘कुछ कुछ होता हे’ बाट थप सफलता पाउन सफल भएका गायक उदित लाई त्यस समय पैसाका लागि  डर धम्की आउनुका साथै  काम समेत छोडिदिनको लागी धम्की आउने गरेको पनि बताएका छन । तर त्यस समय मुम्बई क्राइम ब्रान्चले उनलाई सहयोग गरेको पनि बताएका छन ।जस्का कारण सुरुसुरुमा आफु लाई निकै डर लागेको,थुप्रै रात ननिदाइकनै बितेको र कतिपटक डिप्रेशनमा जादा आत्महत्यासम्मको विचार आएको पनि बताएका छन ।