03rd July 2020

नेपाली सांगीतिक क्षेत्रका सफल र चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैबाहिक बन्धनमा बाँधिए ।

असार,१९,२०७७ ।चर्चित संगीतकार अर्जुन पोखरेल बैवाहिक बन्धन मा बाँधिएका छन ।नेपाली गीत संगीत र नेपाली चलचित्रका सफल र चर्चित संगीतकार अर्जुन पोखरेल र चर्चित गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका हुन्। कोरोनाको कारण देश लक डाउन मा रहेको अवस्थामा लक डाउन को नियमलाई पालना गर्दै संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल काठमाण्डौको एक मन्दिरमा सिमित आफन्त र साथीभाइको उपस्थितीमा उनि हरुले बिहे गरेका हुन् ।विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका अर्जुन र दुर्गाले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैलाई राम्रो हुन्छ भन्ने महशुश भएपछि बिहे गर्ने निर्णय गरेका बताइएको छ । साथै गएको वैशाख महिनामा नै बिहे गर्ने सोच  बनाएका उनिहरुको बिवाह कोरोना भाइरसको त्रासका कारण भएको लक डाउनका कारण वैशाखमा बिहे हुन सकेको थिएन ।असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले र पारिवारिक कारणले गर्दा पनि बिहेका लागि मंसिरसम्म कुर्न नसकिएको संगीतकार अर्जुनले स्रोत लाई जानकारी दिएका छन् ।साथै कोरोनाको त्रास सामान्य अवस्थामा आएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने पनि अर्जुनले समाचार स्रोत लाई बताएका छन ।नेपाली सांगीतिक क्षेत्रका यि सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल लाई बैबाहिक जीवनको शुभकामना ।