03rd July 2020

बलिवूड्की चर्चित कोरियोग्राफर सरोज खानको निधन ।

असार,१९,२०७७ ।बलिवूड्की चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । भारतीय सञ्चार माध्यमले जानकारी दिए अनुसार ७१ बर्षिय सरोज खानको बिहीबार राती कार्डियक अरेस्टका कारण निधन भएको बताइएको छ ।स्रोतका अनुसार तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी सरोज खान लाई  सास फेर्न समस्या भएपछि १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट नृत्य निर्देशनमा हात अगाडी बढाएकी सरोजले आफ्नो करियरमा २००० भन्दा बढी गीतमा कोरियोग्राफ र तीनपटक राष्ट्रिय अवार्ड जित्न सफल भएकी थिइन ।सरोजको बिहिबार राती १ बजेर ५२ मिनेटमा निधन भएको पनि बताइएको छ ।उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने पनि भारतीय सञ्चार माध्यम ले जानकारी दिएको छ ।लामो समय देखी मधुमेह र यससँग सम्बन्धित रोगबाट पिडित बन्दै आएकी कोरियोग्राफर सरोज खानले पछिल्लो कोरियोग्राफ गरेको चलचित्र ‘कलंक’ र ‘मणिकर्णिः द क्वीन अफ झांसी’ रहेको छ।सन् १९४८ नोभेम्बर २२ मा हिन्दु परिवारमा जन्म लिएकी सरोज खानको वास्तविक नाम निर्मला नागपाल रहेको छ ।सरोज खान ले १३ वर्षको उमेरमा ४३ वर्षका डान्सर सोहनलालसँग बैवाहिक बन्धनमा बाधिएकी थिइन ।