01st July 2020

निर्माता सन्तोष सेनको नयाँ चलचित्रमा नायक प्रदीप खड्का ।

असार,१७,२०७७ ।नेपाली चलचित्रको बजारमा निर्देशक सुदर्शन थापाको निर्देशन र निर्माता सन्तोष सेनको निर्माणमा निर्मित चलचित्र प्रेम गीत मा अभिनय गरे पछी नेपाली दर्शकहरुको मन जित्दै स्टार नायकको छवि बनाउन सफल नायक प्रदीप खड्का यती बेला चलचित्र प्रेम गीतको सिरिज प्रेम गीत ३ को प्रदशनको पर्खाईमा रहेका छन ।चलचित्र प्रेम गीतको तीन वटै सिरिजमा देखिएका प्रदीपले त्यसका अलवा चलचित्र लिली बिली लभ स्टेसन्, रोज जस्ता चलचित्रहरुमा अभिनय गरिसकेका छन ।यसै क्रममा अब उनै नायक प्रदीप खड्काको  चलचित्र प्रेम गीतका निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको एक नयाँ चलचित्रमा अभिनय रहने बताइएको छ ।जुन चलचित्रको कथा यती बेला चलचित्र ‘प्रेमगीत २’ निर्देशक रामशरण पाठकले लेखिरहेको पनि बताइएको  छ । साथै निर्मात सेन कमेडी जनरामा निर्माण हुने बताइएको उक्त चलचित्रको छायाँकनका लागी लोकेसन हेर्न अहिले उपत्यका बाहिर निस्किएको पनि बताइएको छ ।चलचित्र ‘प्रेमगीत ३’ को ब्यग्र प्रतिक्षामा रहेका दर्शक हरुमा  नायक प्रदीपको नयाँ चलचित्र आउने खबरले थप उत्सुक्ता बढेको अनुमान लगाउन सकिन्छ । चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय रहेको छ । डेढ सय वर्ष अगाडिको प्रेमकथा निर्माण भएको चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन,,कल्याण सिंह र एलिश कार्कीको संगीत,राजेश श्रेष्ठले डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन , छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको छ ।