30th June 2020

नयाँ चलचित्रको तयारीमा नायिका रेखा थापा ।

असार,१६,२०७७ ।लामो समय सम्म नेपाली चलचित्रको बजारमा नंबर एक नायिकाको छवि बनाउदै एक क्षत्र राज गर्न सफल भएकी नायिका निर्मात्री तथा निर्देशक रेखा थापा नयाँ चलचित्रको निर्माणको तयारीमा जुटेकी बताइएको छ । कोरोना भाइरसको त्रास सँगै बिगत तीन महिना देखी नेपाली चलचित्रको बजार सुनसान बन्दै नयाँ चलचित्रको छायांकन र निर्माण सम्पन्न भै प्रदर्शनको तयारी रहेका चलचित्रहरुको प्रदशन स्थगित भैरहेको समयमा नायिका रेखा थापा लकडाउन खुले लगत्तै नयाँ चलचित्रको छायाँकन मा जाने तयारीमा रहेकी बताइएको हो ।स्रोतका अनुसार निर्देशक सविर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको उक्त नाम राख्न बाकी रहेको चलचित्रको छायाँकन गएको बैशाखबाट सुरु गर्ने तयारीमा निर्माण टिम रहेकोमा लकडाउनका कारण चलचित्रको छायाँकन स्थगित हुन पुगेको थियो । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने बताइएको उक्त चलचित्रको छायांकन अब आउँदो भदौबाट शुरु हुने पनि बताइएको छ ।साथै कोरोनाको कारण छायांकन को मिती परिवर्तन भए सङ्गै अब उक्त चलचित्रको  कथा बस्तु समेत परिवर्तन भएको पनि बताइएको छ । पहिले नारी एक्सन प्रधान बनाउने भनिएपनी अब भने विदेशमा अलपत्र परेको युवा र समग्र बेरोजगार युवाको कथा फिल्ममा समेटिने बताइएको छ।