29th June 2020

भुवन भन्छन जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।

असार,१५,२०७७ । कोरोना भाइरसको त्रासका कारण देश बिगत तीन महिना देखी लक डाउनमा भए सँगै शुन्यमा रहेको नेपाली चलचित्रको बजारमा यती बेला न त नयाँ चलचित्रको छायाकन हुन सकेको छ ।न त निर्माण सम्पन्न भै प्रदशनको तयारीमा रहेको चलचित्रहरु नै प्रदशनमा आउन सकेको छ ।तर पनि तीन महिना देखी सुनसान बन्न पुगेको नेपाली चलचित्रको मिडिया भने यती बेला बिभिन्न कारणले गर्माइरहेको छ ।यसै क्रममा बिगत केहि समय देखी नेपाली चलचित्र क्षेत्रमा नाताबाद र कृपाबादको समाचारले चर्चा पाइरहेको समयमा यतिबेला बिभिन्न चलचित्रकर्मीहरुले आ आफ्नो भनाइ सार्वजनिक गरिरहेका छन ।यसै क्रममा नायिका साम्राज्ञीले पनि गत शुक्रवार सामाजिक सञ्जाल  इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै ५ वर्षको अवधिमा ८ वटा फिल्ममा काम गर्दा आफूले धेरै नराम्रो अनुभव भोगेको आफुले अभिनय गरेका चलचित्रहरु मध्ये तीनवटा ब्यानरले आफूलाई गरेको ब्यवहार शब्दमा व्यक्त गर्न नसक्ने पनि बताएकी थिइन ।साथै उनले केही चलचित्रको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता निर्देशकले अपशब्द बोल्ने गरेको पनि बताएकी थिइन ।यसै क्रममा नायिका साम्राज्ञी लाई नेपाली चलचित्रको बजारमा डेब्यु गराएका अभिनेता तथा नायिका साम्राज्ञीको डेब्यु चलचित्र ड्रीम्सका निर्माता तथा निर्देशक भुवन के,सीले सामाजिक सञ्जाल मार्फत नै खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !भन्दै नायिका साम्राज्ञी प्रती कटाक्ष गरेका छन । साथै चलचित्र ड्रीम्स पछी चलचित्र तिमी सँग,ए मेरो हजुर २,कायरा,इण्टु मिण्टु लण्डनमा,रातो टिका निधारमा,मारुनी र मंगलम लगाएतका चलचित्रहरुमा अभिनय गरिसकेकी र निर्देशक हेमराज विसीको निर्माणमा बन्न लागेको चलचित्र‘अशुभ विवाह’ को तयारीमा रहेकी नायिका साम्राज्ञीले सार्वजनिक गरेको उक्त भिडियोमा छायांकन स्थलमा निर्माता निर्देशकले अपशब्द बोल्ने गरेको र उनीहरुको यस किसिमको व्यहारबाट आफु धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु पनि भनेकी थिइन ।यसै क्रममा नायिका साम्राज्ञीको उक्त भनाई प्रती आक्रोश पोख्दै अभिनेता तथा निर्माता भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका हुन ।