28th June 2020

नायिका अदिती लाई जन्म दिनको शुभकामना । 

असार्,१४,२०७७ ।चलचित्र कृ मार्फत नेपाली चलचित्रको रंगीन संसारमा नायिकाको रुपमा डेब्यु गरेकी नायिका हुन अदिती वुढाथोकी ।जुन चलचित्रमा उनले नेपाली चलचित्रका स्टार नायक अनमोल के,सीको साथमा डेब्यु गरेकी थिइन ।साथै नायिका अदितिले डेब्यु चलचित्र बाट नै चर्चा र परिचर्चा बटुल्न पनि सफल भएकी थिइन ।पहिलो चलचित्र कृ मा अभिनय गरे पछी लामो समय पछी चलचित्र ‘बेञ्जो’मा अभिनय गर्ने तयारी गरिरहेकी नायिका अदितीको आज आफ्नो जन्मदिन परेको छ ।लक डाउनका कारण आफ्नै घरमा जन्मदिन  सेलिव्रेशन गरेकी अदिती लाई उनका फ्यान, आफन्तले सामाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् ।केही भारतीय म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका अदिती यदि देशमा लक डाउन नभएको भए निर्देशक सुरेन्द्र पौडेल को चलचित्र बेञ्जो को छायाकन मा ब्यस्त हुने थिइन ।नायिका अदिती बुढाथोकी लाई जन्म दिनको शुभकामना ।