26th June 2020

अब टेलिभिजनको पर्दामा चलचित्र रुमालै छ चिनो ।

असार,१२,२०७७ ।चर्चित लोक गायक रेशम सापकोटाको चर्चित गीत रुमालै छ चिनो को नाम सापटी लिएर निर्माण गरिएको चलचित्र हो रुमालै छ चिनो ।निर्माता चन्द्र बहादुर खड्का निर्माण र निर्देशक दिनेश सिंह ठकुरीको निर्देशन मा निर्मित चलचित्र नेपाली चलचित्रको बजारमा गएको बर्षको फाल्गुन १० गते प्रदशन मा आएको थियो ।जुन चलचित्रले प्रदशन को समय नेपाली दशकहरुको मन जित्दै ब्यवसायिक सफलता बटुल्न सफल भएको थियो ।अब यही चलचित्र लाई नेपाली चलचित्रका दर्शक हरुले घर मै बसी हेर्न पाउने भएका छन ।किशोर खतिवडा, सन्चिता लुइटेल्, सुशान्त कार्की, अफ्शना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबिर पण्डित्, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगाएत कलाकार हरुको अभिनय रहेको चलचित्र लाई आउदो आइतवार असार १४ गते डिशहोमको सिनेमा घर च्यानल नं ८८८ बाट रिलिज गरिन लागिएको हो ।