20th May 2019

चलचित्र रातो टिका निधारमा को निर्माण घोषणा ।

जेठ,६,२०७६ ।चलचित्र रातो टिका निधारमा को निर्माण घोषणा भएको छ ।१२ वर्षपछि  गत बर्ष प्रदशनमा आएको चलचित्र‘जय भोले’ मार्फत ।पुन चलचित्रको निर्माण र निर्देशनमा कमब्याक गरेका निर्देशक अशोक शर्माको निर्माण र निर्देशनमा बन्न लागेको उक्त चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो ।चलचित्र ‘रातो टीका निधारमा’को निर्माण घोषणा कार्यक्रममा चलचित्रका 'कास्ट एण्ड क्रियू' पनि सार्वजनिक गरिएको छ ।आउँदो दशैंमा प्रदर्शनमा आउने बताइएको उक्त चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लाई प्रमुख भूमिकामा देख्न पाइने छ । उनको अपोजिटमा निर्माता तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्मा लाई देख्न पाइने छ ।चलचित्र रातो टिका मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेका अंकितले चलचित्रको निर्माण मा ब्याचलर गरी सकेका छन् भने चलचित्र‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरी सकेका छन । पूर्वका विभिन्न स्थानमा छायांकन हुने चलचित्र लाई किरण शर्मा र कृति शर्माले निर्माण गर्न लागेका हुन ।चलचित्रमा नायिका साम्राज्ञी र नव नायक अंकित को साथमा नायिका नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहनेछ ।पुरुषोत्तम प्रधानको छाँयाकन रहने उक्त चलचित्र यही जेठ १० गतेबाट फ्लोर मा जादै छ ।चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत,बसन्त श्रेष्ठको नृत्य, मित्र देव गुरुङको सम्पादन रहने छ ।