26th June 2020

महानायक राजेश हमालले कविता मार्फत अपिल गरे विदेशबाट नेपालीलाई घर फर्किन आग्रह ।

असार,१२,२०७७ ।नेपाली चलचित्रका महानायक राजेश हमाल पछिल्लो समय सामाजिक सञ्जाल हरुमा सकृय हुँदै आएका छन ।यसै क्रममा उनै माहानायक राजेश हमालले आफ्नो मनको भावना र विचार हरु लाई सामाजिक सञ्जालमा भिडियोमार्फत व्यक्त गरिरहेका छन् ।चाहे त्यो नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरिसकेपछि होस् या लकडाउनको या  रुकुम घटना लाई नै लिएर किन नहोस, हमालले आफ्नो अभिब्यक्ती सामाजिक सञ्जाल मार्फत ब्यक्तगरिरहेका छन । यसै क्रममा माहानायक राजेश हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कविता मार्फत स्वागत गरेका छन् ।हमालले कवितामा भनेका छन्–‘ऊ छोरा कसैको, ऊ छोरी कसैकी, ऊ बुबा कसैको, ऊ आमा कसैकी । दाजु, दिदी, साथी श्रीमान वा श्रीमती पनि । जे हुन् तर होइनन् पराइ । आफ्नै त हुन् नि । हुर्के बढे यही आँगन मा खेले यही माटोमा ।बसायौ हामिले उनलाई सधै हाम्रो  आँखामा ।तर जब आयो अनायास त्रास कोरोनाको, किन भए उनि हरु पराया झै एकै छिनमा ।के यस्लाई भनिन्छ परिवार ।माने कै हो हामीले प्रेम र स्नेहाको हार ।स्वच्छ मन ले दिउ सधै साथ ।तर नभुलौ सफा राख्न आफ्नो हात ।ढोका उभिएको छ जोडेर यही हात,नमस्ते गर्दै बारमबार गरी रहन्छ स्वागत ।जब घर बसाउने मनमा आउछ कुरा ।एकता द्वारा मात्र पुरा हुनेछ सो सपना पुरा ।सफा हृदय स्वच्छ मनले स्वागत गर्ने छौ,हाम्रो ढोका अगाडी जब तपाइ लाई देख्ने छौ ।बाटो हेरेर पर्खेर बसेका छौ हामी यहाँ, आउनु अब घर पर्दै जान यहाँ त्यहाँ ।महानायक हमालले यसै कबिता मार्फत सबै नेपालीहरुलाई नमस्ते गर्दै स्वागत गर्न अपिल गर्नुका  साथै नेपालमै केही गर्न विदेशबाट नेपाल फर्किएका र फर्किँदै गरेका नेपालीलाई आग्रह पनि गरेका छन् ।