25th June 2020

चलचित्र ए मेरो हजुर ४ को प्रदशन लाई लिएर हतार नगर्ने निर्माता सुनिल कुमार थापा ।

असार,११,२०७७ ।नायिका तथा निर्देशक झरना थापाको निर्देशन र निर्माता सुनिल कुमार थापाको निर्माणमा निर्मित नेपाली दर्शकहरु माझ निर्माण कार्य देखी नै चर्चामा रहन सफल ।चलचित्र ए मेरो हजुरको सिरिज चलचित्र ए मेरो हजुर ४ यो बर्षको दशैंमा प्रदशनमा नआउने बताइएको छ ।नेपाली चलचित्रका मेघा स्टार नायक अनमोल के,सी र चलचित्र ए मेरो हजुर ३ बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरी पहिलो चलचित्र बाट नै चर्चा बटुल्दै सफलताको सिंडी चडेकी नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ को छायाकन चलिरहदा कोरोना भाइरसको कारण चलचित्रको छायाँकन स्थगित हुन पुगेको थियो ।चलचित्रको ३० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको अवस्थामा लक डाउन भए सगै छायाँकन स्थगित हुन पुगेको हो ।चलचित्र ए मेरो हजुर ४ को बाँकी छायाँकन लक डाउन खोलेर र सरकारले सुटिङका लागि अनुमती दिएपछि काम सुरु गर्ने तयारीमा रहेका ।निर्माता सुनिल कुमार थापाले दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने देखिएको ,हल खोलिहाले पनि चलचित्र हेर्ने दर्शकको चाप उल्लेख्य मात्रामा नहुने पक्का जस्तै भएको अवस्था भएकोले ।अब आफुहरु चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने मनसायमा रहेको पनि स्रोतलाई बताएका छन ।चलचित्र ए ए मेरो हजुर ४ मा नायक अनमोल के सी र नायिका सुहाना थापाको साथमा अर्का नायक सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ ।