24th June 2020

चलचित्र पोइ पर्‍यो काले यु ट्युबको करोड क्लब मा ।

असार,१०,२०७७ ।नायिका पुजा शर्मा सृष्टी श्रेष्ठ र नायक सौगात मल्ल र आकाश श्रेष्ठ को मुख्य भूमिका रहेको र गत बर्षको कार्तिक ८ गते प्रदशनमा आइ ब्यवसायिक सफलता बटुल्न सफल नेपाली कथानक चलचित्र  पोइ पर्‍यो काले यु ट्युब मा करोड क्लब मा पुग्न सफल भएको छ ।निर्देशक शिशिर राणाको निर्देशनमा निर्मित चलचित्र पोइ पर्‍यो काले यु ट्युब बाट रिलिज भएको ३ महिनामा करोड क्लबमा पुग्न सफल भएको हो ।प्रदशनताका नेपाली चलचित्रको घरेलु बजार मा नेपाली दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय गरेको उक्त चलचित्रले यु ट्युबमा पनि सकारात्मक प्रतिकृयाको साथमा नेपाली दर्शक हरुको मन जित्दै यु ट्युबको करोड क्लबमा पुग्न सफल भएको हो ।कालो वर्णको एक पुरुषको जीवनमा आउने उचार-चढावमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्र पोइ पर्‍यो कालेको को मूल कथा अभिनेता सौगात मल्लको वरिपरि घुमेको चलचित्रको लेखन पनि निर्देशक शिशिर राणाको  रहेको छ ।प्रस्तुतकर्तामा किरण नेपाली र निर्मातामा राजिव गुरुङ र सरोज नेपाली र कार्यकारी निर्मातामा अमलादेवी राई रहेका छन ।