23rd June 2020

सामाजिक सञ्जालमा नायल पल शाहको गुनासो ।

असार,९,२०७७ । नेपाली चलचित्रका नायक पल शाह लाई नेपाली दर्शक हरुले रुचाएको र निर्माता निर्देशकले पत्याएको नायकको रुपमा लिने गरिन्छ ।नेपाली दर्शकहरु माझ लोभ लाग्दो क्रेज बनाउन सफल नायक पल शाह लाई नेपाली दर्शक हरुले धेरै खोज्ने नायकको रुपमा पनि लिने गरिन्छ ।उनी अभिनित चलचित्र म्युजिक भिडियोहरुले पनि राम्रै चर्चा र ब्यवसायिका सफलता पाउन पनि सफल भै रहेका छन ।बिभिन्न म्युजिक भिडियोहरु बाट लोभ लाग्दो चर्चा बटुल्न सफल हुँदै निर्देशक बिकासराज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभुन्न ल को सिरिज चलचित्र नाइ नभन्नु ल ४ बाट नायकको रुपमा नेपाली रजतपटमा डेब्यु गरेका नायक पल शाहले अभिनय गरेका चलचित्रहरु म यस्तो गीत गाउछु, जोनी जेण्टलमेन, बिर बिक्रम २ ,म यस्तो गीत गाउछु २ र चलचित्र दुइ नंबरी लगाएतका चलचित्रहरु बाट राम्रै चर्चा पाउन सफल भएका छन ।यि मध्य चलचित्र म यस्तो गीत गाउँछु २ प्रदशनको पर्खाईमा रहेको छ भने चलचित्र दुइ नंबरी निर्माणको क्रममा रहेको छ ।जुन चलचित्रको निर्माण यतिबेला कोरोना भाइरसको त्रासका कारण स्थगित हुन पुगेको छ । साथै चलचित्र म यस्तो गीत गाउँछु २ यती बेला नेपाली दर्शक हरु माझ बहुप्रतिक्षित बन्न पनि सफल भैरहेको छ ।निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशनमा निर्मित उक्त चलचित्रमा नायक पल लाई नेपाली चलचित्रकी चर्चित नायिका पुजा शर्माको साथमा देख्न पाइने छ ।यसै क्रममा चलचित्र र म्युजिक भिडियोमा उतिकै रुचाइएका नायक पल शाहले बलिउडका नायक सुशान्त सिंह राजपुतको आत्महत्यापछि नेपाली चलचित्र क्षेत्रमा पनि नाताबाद र कृपाबादको विषयले चर्चा पाइरहेको समयमा र यस बिषयमा चलचित्रकर्मीहरुको आ आफ्नो धारणा आइरहेको समयमा उनै नायक पल शाहले भने फरक मुद्धा उठाएका छन् । नायक पल शाहले चलचित्रमा काम गरेर वर्षौंसम्म पारिश्रमिक नपाउँदा कलाकारहरु डिप्रेसनको शिकार भएको भन्दै सामाजिक सञ्जाल लेखेका छन ।  - के तपाईंले परीश्रम गरे अनुसार समयमा आफुले पाउनु पर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?
- के तपाईंले आफुले गरेको फिल्मको पैसा पाउन बर्षौ बर्ष सम्म निर्माता निर्देशक सँग दुई हात जोड्नु परेको छ ?
- यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेको कलाकारलाई त्यहि फिल्मको पैसा पाउन बर्षौ बर्ष कुर्नु पर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?
- आफ्नो फिल्मको एग्रीमेन्ट अनुसार निर्माता सँग पेमेन्ट माग्दा " यो हाम्रो फिल्मले सोचेको जस्तो ब्यापार गरेन त्यसैले यो पैसा अहिले दिन सक्दैन म , यदि ५०% डिस्काउण्ट गरिदिने भए गर नभए पछी बिस्तारै दिउला भनेर २-३ बर्ष झुलाउदा त्यो कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउला ? र त्यहि निर्माताले भन्छ "हाम्रो नेपाली फिल्म क्षेत्र लाई बचाउनु छ्, एकले अर्कोलाई सपोर्ट गरी अघी बढ्नु छ । "  हो, अब हामी सबैले सोच्नु पर्ने बेला आएको छ र त्यो व्यक्ति डिप्रेसन को सिकार हुनु भन्दा पहिले नै सबैको सामु यो कुरा राख्नु पर्ने जरुरी भएको छ र सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ । भन्दै लेखेका छन ।