22nd June 2020

नयाँ चलचित्रको लागि लोकेशनको खोजिमा निर्देशक मिलन चाम्स ।

असार,८,२०७७ ।कोरोना भाइरसको त्रासका कारण देश लक डाउन भए सँगै शुन्यताको अवस्थामा रहेको नेपाली चलचित्रको बजार ।सरकारले लक डाउन लाई केहि खुकुलो बनाए सँगै यती बेला नेपाली चलचित्रको बजारमा केहि चहल पहल शुरु भएको अनुमान लगाउन सकिन्छ ।सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै बिगत ३ महिना सम्म घर भित्रै रहदै आएका चलचित्रकर्मीहरु यती बेला कोही म्युजिक भिडियोको छायाँकनमा त कोही चलचित्रकर्मीहरु आफुले निर्माण गर्न लागेको नयाँ चलचित्रको छायाँकनका लागि लोकेशनको खोजिमा हिडेका छन ।सरकारले पुर्णरुपमा लक डाउन कहिले खोल्ने र नेपाली चलचित्रको छायांकन कहिलेबाट सुरु हुने जस्ता कुराहरु पक्का नभए पनि लकडाउन केहि खुकुलो भएसँगै चलचित्रकर्मी फेरि तातिन्न  थालेका हुन ।यसै क्रममा चलचित्र लिली बिली, हैपी डेज, बोबी, बिर बिक्रम, बिर बिक्रम २ जस्ता सफल चलचित्रहरुको निर्देशन गरिसकेका निर्देशक मिलन चाम्स आफुले निर्माण गर्न लागेको नयाँ चलचित्रको छायांकनका लागि लोकेसन हन्टिङमा निस्किएका छन्। लकडाउन खुलेसँगै छायांकन शुरु हुने बताइएको चलचित्रको छायांकनको लागी लोकेशन हेर्नको लागी निर्देशक चाम्स चितवन पुगेका हुन् ।साथै निर्देशक चाम्सले चितवनमा लोकेसन पक्का गरेपछि आफू दमौली पुगेको पनि बताएका छन । मिलनका अनुसार उक्त नयाँ  चलचित्रको छायांकन २० प्रतिशत नेपाल र बाँकी मलेसियामा हुने पनि स्रोत लाई बताएका छन ।साथै समाचार स्रोतका अनुसार चलचित्र ‘गोर्खा वारियर’को निर्माणको तयारीमा रहेका मिलनले उक्त चलचित्र अगावै नयाँ चलचित्रको छायांकन शुरु गर्ने पनि बताइएको छ ।