21st June 2020

नायिका निरिषा बस्नेत कोरोना मुक्त ।

असार,७,२०७७ ।भारतिय फिल्मी नगरी मुम्बईमा बसेर भारतिय सिरियलहरुमा अभिनय गर्दै आएकी र बलिवूड प्रबेशको लागी संघर्षा गर्दै आएकी नेपाली चलचित्रकी नायिका निरिषा बस्नेत कोरोना मुक्त भएकी छिन ।गत वर्ष प्रदर्शनमा आएको चलचित्र जानी नजानी बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरेकी बरिष्ठ अभिनेता बिश्व बस्नेतकी छोरी नायिका निरिषाले दुइ साता अगाडी सामाजिक सञ्जाल मार्फत आफु लाई छाति दुख्न थालेपछि कोरोनाको परिक्षण गराएकी र पीसीआर परिक्षण गर्दा आफुमा कोरोना पोजेटिभ देखिए पछी चिकित्सकको निगरानीमा रहेको, आफू चाँडै निको भएर घर फर्किने विश्वास पनि व्यक्त गरेकी थिइन्।यसै क्रममा भारतको एक अस्पतालमा कोरोनाको उपचार गराएकी नायिका बस्नेतले कोरोनालाई जित्न सफल भए पछी । अभिनेता तथा निरिषाका पिता विश्व बस्नेतले छोरी कोरोनाबाट मुक्त भएको खुसी बाँढ्दै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् । भारतीता सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी निरिषा नेपालमा जारी लकडाउन खुलेपछि परिवारसँग भेट गर्न नेपाल आउने बुझिएको छ ।