19th June 2020

चलचित्र ‘धुलो’ यु ट्युब मा रिलिज ।

असार,५,२०७७ ।प्रद्युम्न मिश्रको निर्देशनमा सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘धुलो’ लाई यु ट्युब मा रिलिज गरिएको छ ।गत बर्षाको फागुन १६ गते प्रदर्शनमा आइ दर्शक हरुको मन जित्न सफल चलचित्र धुलो लाई बुढा सुब्बा दिजिटल बाट रिलिज गरिएको हो ।निर्देशक प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्मित चलचित्र धुलोमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई अत्यन्तै मर्मस्पर्शी कथामा निर्माण गरिएको छ ।चलचित्रमा कलाकारहरु बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा सँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको साथै चलचित्रमा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको अभिनय रहेको छ ।सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन र रबिन आचार्यको छायांकन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन र कबिराज गहतराज र रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ ।